तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व « Khabarhub

तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

तनहुँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँअन्तर्गत नौवटा पालिकामा नयाँ नेतृत्व चयन भएको छ । सङ्गठन विस्तारअन्तर्गत रास्वपाले जिल्लाका दश पालिकामध्ये नौ पालिकामा नयाँ नेतृत्व चयन गरिएको जनाएको छ ।

अधिवेशनअन्तर्गत व्यास नगरसमितिमा चूडामणि दाहाल, भिमाद नगरसमितिमा उत्तम सुवेशी, भानु नगरसमितिमा विष्णु पोख्रेल, देवघाट गाउँसमितिमा बलबहादुर क्षेत्री, आँबुखैरेनी गाउँसमितिमा राम श्रेष्ठ, बन्दीपुरमा शम्भु श्रेष्ठ, घिरिङमा प्रेम थापा, शुक्लागण्डकी नगरमा हरिबहादुर खड्का र म्याग्दे गाउँ समितिमा मनोज अधिकारी सभापति चयन भएका छन् ।

अब ऋषिङ गाउँ समितिमा अधिवेशन हुन बाँकी रहेको छ । रास्वपाले आगामी असार ७ गते केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहेकाले त्यसअन्तर्गत देशभर सङ्गठन सुदृढीकरण अभियान चलिरहेको छ ।

तनहुँमा पनि सोही अभियानअन्तर्गत वडा र पालिका तहमा नेतृत्व चयन तथा सङ्गठन पुनः संरचनाको काम भइरहेको रास्वपा जिल्ला सभापति विश्व बास्तोलाले जानकारी दिए ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ९ : ४१ बजे

काठमाडौँको टुँडिखेललाई हरियाली बनाउन दुबो रोपिँदै (तस्बिर)

काठमाडौँ– काठमाडौँको ऐतिहासिक तथा खुला सार्वजनिक क्षेत्र टुँडिखेललाई थप हरियाली,

मांसिमा खानेपानी आयोजना पुनर्निर्माण

किमाथाङ्का– जिल्ला सदरमुकाममा रहेको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गत

सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अगुवाइमा सोमबार संसद्‍मा

हिंसा, दण्डहीनताले प्रताडित देशमा न्यायको खोजी

नेपालको पछिल्लो राजनीतिक तथा सामाजिक घटनाक्रमले देशलाई गम्भीर बहस, आत्ममूल्याङ्कन

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

सुर्खेत– कर्णाली प्रदेश योजना बैंकमा धमाधम आयोजना प्रविष्ट भइरहेका छन्