वालेन्द्रले संसद् र नेपाली जनतासमक्ष तत्काल माफी मागून् : झपट रावल « Khabarhub

वालेन्द्रले संसद् र नेपाली जनतासमक्ष तत्काल माफी मागून् : झपट रावल


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले तीव्र आपत्ति जनाएका छन्।

रावलले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानजस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति गैरजिम्मेवार, आधारहीन र अक्षम्य भएको बताएका छन्।

उनले नेपालले ऐतिहासिक सन्धि, नक्सा र प्रमाणका आधारमा आफ्नो सीमासम्बन्धी दाबीलाई निरन्तर कूटनीतिक रूपमा उठाउँदै आएको अवस्थामा प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने टिप्पणी गर्नुले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कानुनी र कूटनीतिक अडान कमजोर बनाएको दाबी गरेका छन्।

सीमाजस्तो संवेदनशील विषयमा तथ्य र प्रमाणबिनाको अभिव्यक्तिले राष्ट्रिय हितमाथि गम्भीर असर पार्न सक्ने उनले बताए। रावलले यस्तो विषयलाई दलगत राजनीति वा अनुमानका आधारमा टिप्पणी गर्न नहुने बताएका छन्।

प्रधानमन्त्रीको अभिव्यक्तिको भर्त्सना गर्दै रावलले संसद् र आमनेपाली जनतासमक्ष तत्काल माफी माग्न, विवादास्पद भनिएको अभिव्यक्ति फिर्ता लिन तथा संसद्मा आत्मआलोचनासहित स्पष्टीकरण दिन माग गरेका छन्।

उनले राष्ट्रिय अखण्डताको रक्षाका लागि संसद्, राजनीतिक दल र आम नागरिक एकजुट भएर उक्त अभिव्यक्तिको समीक्षा र विरोध गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  १२ : १३ बजे

मन्दिरको दान बाढी पहिरो पीडितलाई

काठमाडौं– नेपालगन्जको कारकाँदोस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा संग्लन भएको

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

बाँके– भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन हुनुभएका बर्दियाका नागरिकको

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर

नैनसिंहको प्रस्ताव : देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सारौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच