महाकाली नदीमा बेपत्ता दुई जनाको शव भेटियो « Khabarhub

महाकाली नदीमा बेपत्ता दुई जनाको शव भेटियो


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय तीर्थबहादुर थापा मगर मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहका अनुसार ५६ वर्षीय तीर्थबहादुर थापाको शव परशुराम नगरपालिका–५ अन्तर्गत महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको हो। त्यस्तै, सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवस्थित महाकाली नदी किनारमा भेटिएको छ।

मामाभान्जा नाता पर्ने दुवै जना शुक्रबारदेखि सम्पर्कविहीन भएपछि सुरक्षाकर्मीले खोजी अभियान सञ्चालन गरेका थिए। खोजीका क्रममा महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेपछि नदीमा बगेको हुन सक्ने आशङ्कामा खोजी तीव्र पारिएको थियो।

खोजतलासका क्रममा थापाको शव कल्पठ्ठे नजिक महाकाली नदीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। पुन मगरको शव भने नदीले बगाएर कञ्चनपुरको ब्रह्मदेव क्षेत्रसम्म पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनाको कारण र मृत्युबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  १२ : ४९ बजे

जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक भोलिदेखि, पार्टी समायोजन र अग्रगामी मोर्चा मुख्य एजेण्डा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी

भोटेकोशी बाढी : शव पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया सुरु

काठमाडौं– भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले

बाढीपछि बागेश्वरी माविको सरसफाइमा नेपाली सेना

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षतिग्रस्त बागेश्वरी माध्यमिक

भोटेकोसी पहिरो : सडकको अवरोध हटाउँदै केरूङबाट १ किलोमिटर नजिक आइपुग्यो चिनियाँ टोली

तिब्बत- चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित ग्यिरोङ बन्दरगाहमा गत बुधबार आएको

भोटेकोशी बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग

काठमाडौं– आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित