‘समुदायस्तरको स्वास्थ्य सेवाको मेरुदण्ड स्वास्थ्य स्वयंसेविका हुन्’ « Khabarhub

‘समुदायस्तरको स्वास्थ्य सेवाको मेरुदण्ड स्वास्थ्य स्वयंसेविका हुन्’


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सिद्धार्थनगर (भैरहवा)- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाले जनस्वास्थ्य प्रवर्द्धनमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनीहरूको हकहित, सेवासुविधा र मनोबल अभिवृद्धिका लागि प्रदेश सरकार सकारात्मक रहेको बताएका छन् । नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घ (नेभा) लुम्बिनी प्रदेश समितिले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको माग तथा सुझावपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले समुदायस्तरमा स्वास्थ्य सेवा विस्तार गर्न महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

उनले मातृ तथा शिशु स्वास्थ्य, खोप अभियान, परिवार नियोजन, पोषण तथा स्वास्थ्य सचेतनाका कार्यक्रममार्फत स्वयंसेविकाहरूले पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए । “समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महिला स्वास्थ्य स्वयंसेविकाहरूले खेलेको भूमिका प्रशंसनीय छ”, उनले भने । नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घ प्रदेश अध्यक्ष सुनिता शर्माको नेतृत्वमा गएको टोलीले नौबुँदे माग तथा सुझावपत्र पेस गरेको छ ।

मागपत्रमा सेवा अवधि पूरा गरी ६० वर्ष उमेर पुगेका स्वयंसेविकालाई सम्मानजनक अवकाश सुविधा उपलब्ध गराउने, क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने, सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, चाडपर्व खर्चको व्यवस्था गर्ने, दुर्घटना तथा मृत्यु राहत कोष स्थापना गर्ने तथा मासिक प्रतिवेदन भत्ता उपलब्ध गराउनेलगायत विषय समावेश छन् । प्रदेश सरकारले हाल अवकाश प्राप्त महिला स्वास्थ्य स्वयंसेविकालाई रु ५० हजार उपलब्ध गराउँदै आएको जनाएको छ ।

मुख्यमन्त्री आचार्यले स्वयंसेविकाहरूका माग तथा सुझाव अध्ययन गरी प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । सङ्घले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको संस्थागत सम्मान, सामाजिक सुरक्षा तथा सेवासुविधाको सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएको जनाएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ३ : ३० बजे

रसुवाको पुकार, ‘सरकार, फेसबुकमा होइन, हाम्रो आँगनमा आइदिनुस्’

रसुवा- भोटेकोसी र त्रिशूलीको किनारमा ६ दिनदेखि त्रास, अभाव र

‘केन्द्र सरकारले समन्वय गरेन, मन्त्रीहरू टुरिस्ट शैलीमा आउँछन्, बाढी प्रभावित पालिका निरीह भयौँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले बाढी प्रभावित

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण