दैलेखमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते « Khabarhub

दैलेखमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते


१८ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दैलेखमा सवारी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । जिल्लाको भैरवी गाउँपालिकास्थित काल्गौडामा बोलेरो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । स्थानीय र सुरक्षाकर्मीको सक्रियतामा घाइतेहरूको तत्काल उद्धार गरिएको थियो ।

घाइतेमध्ये दुई जनाको स्थानीय भैरवी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने बाँकी तीन जनालाई थप उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको छ। घाइतेहरूको अवस्था र मृतकको पहिचान खुल्न बाँकी छ।

यो सडकखण्ड पछिल्लो समय निकै जोखिमपूर्ण बन्दै गएको छ । सडकको जीर्ण अवस्था र भौगोलिक विकटताका कारण यो मार्गमा यात्रा गर्ने यात्रुहरू जोखिममा पर्ने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  ३ : ४१ बजे

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली