दैलेखमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते « Khabarhub

दैलेखमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दैलेखमा सवारी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । जिल्लाको भैरवी गाउँपालिकास्थित काल्गौडामा बोलेरो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । स्थानीय र सुरक्षाकर्मीको सक्रियतामा घाइतेहरूको तत्काल उद्धार गरिएको थियो ।

घाइतेमध्ये दुई जनाको स्थानीय भैरवी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने बाँकी तीन जनालाई थप उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको छ। घाइतेहरूको अवस्था र मृतकको पहिचान खुल्न बाँकी छ।

यो सडकखण्ड पछिल्लो समय निकै जोखिमपूर्ण बन्दै गएको छ । सडकको जीर्ण अवस्था र भौगोलिक विकटताका कारण यो मार्गमा यात्रा गर्ने यात्रुहरू जोखिममा पर्ने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ३ : ४१ बजे

रसुवाको पुकार, ‘सरकार, फेसबुकमा होइन, हाम्रो आँगनमा आइदिनुस्’

रसुवा- भोटेकोसी र त्रिशूलीको किनारमा ६ दिनदेखि त्रास, अभाव र

‘केन्द्र सरकारले समन्वय गरेन, मन्त्रीहरू टुरिस्ट शैलीमा आउँछन्, बाढी प्रभावित पालिका निरीह भयौँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले बाढी प्रभावित

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण