विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ११३ जनाको आवेदन  « Khabarhub

विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ११३ जनाको आवेदन 


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदका लागि कुल ११३ जनाको आवेदन परेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत प्रतिष्ठानका उपकुलपति छनोट तथा सिफारिस समितिको सचिवालयले सोमबार सूचना जारी गर्दै अनलाइन माध्यमबाट प्राप्त आवेदनको विवरण सार्वजनिक गरेको हो ।

समितिका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), महाबौद्ध, काठमाडौंका लागि सबैभन्दा बढी २४ वटा आवेदन प्राप्त भएका छन् । 

त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि २६, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १९, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १७ तथा बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १६ आवेदन परेका छन् ।

सबैभन्दा कम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका लागि ११ जनाले आवेदन दिएका छन् ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ४ : १८ बजे

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी प्रभावित

क्षेत्रीय तनाव नबढाउन इरानको आग्रह, आक्रमणको प्रतिकार गर्ने चेतावनी

एजेन्सी– इरान युद्धको पक्षमा नरहेको तर आफ्नो मुलुकमाथि कुनै पनि

रविलाई बालेनले भने : बाढीपीडितको राहत र उद्धारमा राज्यका सबै शक्ति पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगञ्ज– ‘छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा

रसुवा बाढी पीडितको राहत र उद्धारमा प्रश्न उठिरहेका बेला रवि र बालेनबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी