विश्वव्यापी शान्तिको लागि नेपाली सेना हरदम समर्पित : प्रधानसेनापति सिग्देल « Khabarhub

विश्वव्यापी शान्तिको लागि नेपाली सेना हरदम समर्पित : प्रधानसेनापति सिग्देल


१८ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिने शान्ति सैनिकले पुर्‍याएको योगदानको स्मरण गर्दै अन्तर्राष्ट्रिय संयुक्त राष्ट्र शान्ति सेना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ ।  

दिवसको अवसरमा सोमबार काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सञ्चालन तालिम केन्द्र (बीपीओटीसी) मा विशेष समारोहको आयोजना गरिएको हो ।

कार्यक्रममा विश्वशान्ति स्थापनाको सिलसिलामा वीरगति प्राप्त गरेका शान्ति सैनिकको सम्मानमा शान्ति स्मारकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरिएको थियो भने दुई शहीद शान्ति सेनाका परिवार र पाँच उत्कृष्ट शान्ति सेनाका सदस्यहरूलाई सम्मान गरिएको छ ।

कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले विश्वव्यापी शान्तिको लागि नेपाली सेना हरदम समर्पित रहेको बताए । 

उनले शान्ति सेनाहरूले जटिल र गतिशील वातावरणमा अनुशासन, अखण्डता र समर्पणको उच्चतम स्तरलाई निरन्तर कायम राखेको धारणा राखे । 

शान्ति सेनाहरूलाई शान्ति कार्यहरूको बहुआयामिक चुनौतीहरूको सामना गर्न अनुशासन र समर्पणको समान मार्ग पछ्याउन प्रोत्साहित गरिने उनको भनाइ छ । 

नेपाल विश्वभर ४ हजार १ सय ७९ शान्ति सेना तैनाथ गरी संयुक्त राष्ट्रसंघको अग्रणी सेना योगदानकर्ता राष्ट्रको रूपमा उभिएको नेपाली सेनाले जनाएको छ । 

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  ४ : २६ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री