विश्वव्यापी शान्तिको लागि नेपाली सेना हरदम समर्पित : प्रधानसेनापति सिग्देल « Khabarhub

विश्वव्यापी शान्तिको लागि नेपाली सेना हरदम समर्पित : प्रधानसेनापति सिग्देल


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिने शान्ति सैनिकले पुर्‍याएको योगदानको स्मरण गर्दै अन्तर्राष्ट्रिय संयुक्त राष्ट्र शान्ति सेना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ ।  

दिवसको अवसरमा सोमबार काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सञ्चालन तालिम केन्द्र (बीपीओटीसी) मा विशेष समारोहको आयोजना गरिएको हो ।

कार्यक्रममा विश्वशान्ति स्थापनाको सिलसिलामा वीरगति प्राप्त गरेका शान्ति सैनिकको सम्मानमा शान्ति स्मारकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरिएको थियो भने दुई शहीद शान्ति सेनाका परिवार र पाँच उत्कृष्ट शान्ति सेनाका सदस्यहरूलाई सम्मान गरिएको छ ।

कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले विश्वव्यापी शान्तिको लागि नेपाली सेना हरदम समर्पित रहेको बताए । 

उनले शान्ति सेनाहरूले जटिल र गतिशील वातावरणमा अनुशासन, अखण्डता र समर्पणको उच्चतम स्तरलाई निरन्तर कायम राखेको धारणा राखे । 

शान्ति सेनाहरूलाई शान्ति कार्यहरूको बहुआयामिक चुनौतीहरूको सामना गर्न अनुशासन र समर्पणको समान मार्ग पछ्याउन प्रोत्साहित गरिने उनको भनाइ छ । 

नेपाल विश्वभर ४ हजार १ सय ७९ शान्ति सेना तैनाथ गरी संयुक्त राष्ट्रसंघको अग्रणी सेना योगदानकर्ता राष्ट्रको रूपमा उभिएको नेपाली सेनाले जनाएको छ । 

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ४ : २६ बजे

रसुवाको पुकार, ‘सरकार, फेसबुकमा होइन, हाम्रो आँगनमा आइदिनुस्’

रसुवा- भोटेकोसी र त्रिशूलीको किनारमा ६ दिनदेखि त्रास, अभाव र

‘केन्द्र सरकारले समन्वय गरेन, मन्त्रीहरू टुरिस्ट शैलीमा आउँछन्, बाढी प्रभावित पालिका निरीह भयौँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले बाढी प्रभावित

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण