फेवातालमा तेस्रो राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड सम्पन्न « Khabarhub

फेवातालमा तेस्रो राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड सम्पन्न


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कास्की– फेवाताल डुङ्गा व्यवसायी संघको स्थापना दिवसका अवसरमा पोखराको फेवातालमा तेस्रो राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ । 

फेवाताल डुङ्गा व्यवसायी संघको आयोजना तथा नेपाल पर्यटन बोर्ड पोखराको सहयोगमा सम्पन्न भएको डुङ्गा दौड प्रतियोगितामा महिला तर्फ फेवातालको पहारी घाट महिला समुहले निर्धारित १७.५० मिटरको दूरी १३ मिनेट ५८ सेकेण्डमा पार गरी प्रथम स्थान हासिल गरेको छ ।

सोही दूरी १४ मिनेट १३ सेकेण्डमा पारगरी तालपारी महिला समुह दोस्रो र १५ मिनेट २० सेकेण्डमा दूरी पार गरी जलारी दिदी बहिनी समुह तेस्रो भएको छ भने १५ मिनेट ३० सेकेण्डमा निर्धारित दूरी पार गरी बेगनास महिला समुहले चौथो स्थानमा चित्त बुझाएको छ ।

त्यसैगरी प्रतियोगिताको पुरुष तर्फ भएको प्रतिष्पर्धामा निर्धारित २७.५० मिटर दुरी २२ मिनेट २ सेकेण्डमा पार गरी हर्पन मत्स्य सहकारी संस्था टिम (१)ले प्रथम स्थान हासिल गरेको छ । सोही दूरी २३ मिनेट ४ सेकेण्डमा पारगरी हर्पन मत्स्य सहकारी टिम (२) दोस्रो भएको छ । सोही दूरी २४ मिनेट ६ सेकेण्डमा दूरी पार गरी वाराही घाट डुङ्गा व्यवसायी टिम तेस्रो भएको छ भने, २५ मिनेट ३ सेकेण्डमा साही दुरी पारगरी तालपारी एफ सी टिम चौथो भएको छ ।

महिला तर्फ ७ टिम र पुरुष तर्फ १४ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा दुबै विद्यातर्फका प्रथम , द्वितीय ,तृतीया र चौथो हुने टिमले क्रमशः .३० हजार २० हजार १० हजार ५ हजार नगद , मेडल , ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

पोखराको फेवाताल लगायत देशका बिभिन्न क्षेत्रमा रहेका ताल पोखरीमा डुङ्गा चलाएर जिविकोपार्जन गर्ने डुङ्गा व्यवसायीको क्षमता अभिवृद्धिका लागी उत्साह दिने र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्य सहित फेवातालमा तेस्रो राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएका छन् ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ४ : ५१ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको