अमर्यादित गतिविधि आरोपमा सांसदलाई कारबाही तयारी, सभामुखले बनाए समिति « Khabarhub

अमर्यादित गतिविधि आरोपमा सांसदलाई कारबाही तयारी, सभामुखले बनाए समिति


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभामा आइतबारको बैठकमा भएको घटनाको जाँचबुझ गर्न समिति गठन गरिएको छ । 

आइतबारको बैठकमा केही सांसदहरूले अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गरी भौतिक हानि नोक्सानी एवं क्षति पुर्‍याउने कार्य गरेको भन्दै घटनाको जाँचबुझ गर्न समिति गठन गरिएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए । 

संसद् बैठकमा भएको भौतिक हानि नोक्सानी एवं क्षतिको मुचुल्का तयार भएकाले यस विषयमा जाँचबुझ गरी सात दिनभित्र सभामुखसमक्ष प्रतिवेदन तयार पार्नका लागि प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको उनले जानकारी दिए । 

समितिको सदस्यमा संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेका छन् । 

सभामुख अर्यालले समितिको प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम घटनामा संलग्नलाई आवश्यक कारबाही अगाडि बढाउन सकिने बताए । 

यसअघि आइतबारको बैठकमा प्रतिनिधिसभा नियमावली पारितको प्रक्रियाप्रति असहमति जनाउँदै विपक्षी दलका सांसदहरूले वेल घेराउसहित विरोध गरेका थिए । सो क्रममा केही कुर्सी र माइकमा समेत क्षति पुगेपछि जाँचबुझका लागि समिति गठन गरिएको हो ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ५ : २० बजे

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम