ग्रेस फार्मास्युटिकल्सको भिटामिन डी-क्याल्सियम बजारबाट फिर्ता गर्न विभागको निर्देशन « Khabarhub

ग्रेस फार्मास्युटिकल्सको भिटामिन डी-क्याल्सियम बजारबाट फिर्ता गर्न विभागको निर्देशन


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागले गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै क्याल्सियम तथा भिटामिन डी–३ युक्त एक औषधि बजारबाट तत्काल फिर्ता  गर्न निर्देशन दिएको छ ।

विभागले सोमबार जारी गरेको सूचनाअनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा रूपन्देहीको तिलोत्तमा–११ स्थित ग्रेस फार्मास्युटिकल्स प्रालिद्वारा उत्पानिर्धारित गुणस्तर मापदण्डअनुसार नभेटिएपछि उक्त ब्याचको औषधि बिक्री–वितरण रोक्न र बजारबाट फिर्ता गर्न आदेश दिएको हो ।

उत्पादन मिति जुन २०२५ र म्याद सकिने मिति मे २०२७ रहेको मार्बल (क्याल्सियम र भिटामिन डी ३ ट्याब्लेट बीपी)  औषधिको ब्याच नम्बर टिएम ए २५ फिर्ता गर्न विभागद्वारा सुचनामा भनिएको छ । परीक्षणका क्रममा उक्त औषधि बीपी २०२३अनुसार कोलेक्याल्सीफेरोल (भिटामिन डी ३) को गुणस्तर मापदण्ड अनुरूप नभेटिएको सूचनामा उल्लेख छ ।

विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त ब्याचको औषधि बिक्री, वितरण तथा प्रयोग नगर्न सम्बन्धित उद्योग, प्रतिनिधि, स्वास्थ्य संस्था, औषधि व्यवसायी र सर्वसाधारणलाई आग्रह गरेको छ । साथै बजारमा उपलब्ध सो ब्याचका सबै औषधि तत्काल फिर्ता गरी विवरण विभागमा पेश गर्न निर्देशन दिइएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ५ : २० बजे

एसपीलाई स्पष्टीकरण सोधेर आफैं उद्योगी-व्यापारी फकाउन खटिए डीआईजी खनाल

विराटनगर- विराटनगरका उद्योगी तथा व्यवसायीको घर र कार्यालयमा ठूलो संख्यामा

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

कम्पाला– युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक

रास्वपा सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीले के भने ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’