सागादावामा जिरीमा सातदिने धार्मिक महोत्सव हुने « Khabarhub

सागादावामा जिरीमा सातदिने धार्मिक महोत्सव हुने


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

दोलखा– बौद्ध धर्मावलम्बीहरूको महान् पर्व सागादावाको अवसरमा जिरी नगरपालिका–७ हिले निगालेस्थित ङ्ग्युर उर्गेलिङ गुम्बामा सातदिने विशेष धार्मिक पूजा, अभिषेक तथा धर्मदेशना कार्यक्रम आयोजना हुने भएको छ ।

गुम्बा व्यवस्थापन समितिका अनुसार आगामी जेठ १६ देखि २१ गतेसम्म सञ्चालन हुने कार्यक्रममा सोलुखुम्बुको सेर्लो गुम्बाका परम पूजनीय पेमा थार्चिन रिन्पोक्षेको विशेष उपस्थितिमा विविध धार्मिक अनुष्ठान सम्पन्न गरिनेछन् । 

कार्यक्रमअन्तर्गत जेठ १६, १७ र १८ गते लगातार तीन दिन पवित्र कङ्युर पाठ वाचन गरिनेछ भने जेठ १९ गते रिन्पोक्षेको स्वागत तथा श्रद्धालुहरूलाई पवित्र दर्शनको अवसर प्रदान गरिनेछ ।

जेठ २० गते च्योद साधना गर्ने साधकहरूका लागि क्रोधिकाली ठोमा नग्मोको अभिषेक (वाङ) तथा सर्वसाधारण श्रद्धालुहरूका लागि आर्य आवलोकेश्वर थुक्जेछेन्पो (महाकरुणा) को वाङ प्रदान गरिने कार्यक्रम रहेको छ । 

यी अभिषेकलाई आध्यात्मिक उन्नति, करुणा, सकारात्मक ऊर्जा तथा पुण्य सञ्चयका लागि विशेष महत्वका साथ लिइन्छ ।

त्यसैगरी कार्यक्रमको अन्तिम दिन जेठ २१ गते ‘शिठो गोङ्पा रङढोल’ बाट बार्दो थोद्रोल (मृत्युपश्चात् मुक्ति उपदेश) को आगम (लुङ) प्रदान गरिनुका साथै श्रद्धालुहरूलाई दीर्घायु अभिषेक (छे–वाङ) समेत प्रदान गरिनेछ ।

उक्त उपदेशले मृत्यु र पुनर्जन्मबीचको अवस्थाबारे ज्ञान दिनुका साथै मुक्तिको मार्गबारे मार्गदर्शन गर्ने विश्वास गरिन्छ ।

आयोजकका अनुसार सात दिनसम्म सञ्चालन हुने धार्मिक महोत्सवले बौद्ध दर्शन, साधना, करुणा र सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

गुम्बाले सम्पूर्ण श्रद्धालु तथा धर्मावलम्बीहरूलाई कार्यक्रममा सहभागी भई धर्मलाभ लिन अनुरोध गरेको छ । -सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ६ : २७ बजे

रसुवाको पुकार, ‘सरकार, फेसबुकमा होइन, हाम्रो आँगनमा आइदिनुस्’

रसुवा- भोटेकोसी र त्रिशूलीको किनारमा ६ दिनदेखि त्रास, अभाव र

‘केन्द्र सरकारले समन्वय गरेन, मन्त्रीहरू टुरिस्ट शैलीमा आउँछन्, बाढी प्रभावित पालिका निरीह भयौँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले बाढी प्रभावित

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण