सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा « Khabarhub

सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल-भारत भूमि समस्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको बताएका छन् । 

नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरिय परामर्श कार्यशाला उद्घाटन गर्दै सभापति थापाले नेपालको भौगोलिक अखण्डता र नेपालको राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषयमा प्रधानमन्त्रीले राखेको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको बताएका हुन् । 

सीमासम्बन्धी गैरजिम्मेवार अभिव्यक्ति फिर्ता लिई प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्ने उनको भनाइ छ । त्यस्तै सभापति थापाले जेन्जी आन्दोलसम्बन्धी मानवअधिकार आयोगको प्रतिवदेन कार्यान्वयन गर्न माग गर्दै दोषि देखिएकाहरुलाई निष्पक्ष ढंगले कारवाही गर्नुपर्नेमा जोड दिए । 

संसदमा संख्याको दम्भ देखिएको भन्दै उनले जनमतलाई अवसरको रुपमा लिएर काम गर्न रास्वपालाई सुझाव दिए । सभापति थापाले पार्टीलाई एकताबद्ध बनाएर अघि लैजान आफु गम्भीर रुपमा लागेको उल्लेख गरे । 

उनले निर्वाचनले कांग्रेस ल्याएको नभइ कांग्रेसका कारण निर्वाचन भएको इतिहास रहेको भन्दै निर्वाचनको परिणामलाई स्वभाविक रुपमा लिन आग्रह गरे । 

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ६ : ५२ बजे

क्षेत्रीय तनाव नबढाउन इरानको आग्रह, आक्रमणको प्रतिकार गर्ने चेतावनी

एजेन्सी– इरान युद्धको पक्षमा नरहेको तर आफ्नो मुलुकमाथि कुनै पनि

रविलाई बालेनले भने : बाढीपीडितको राहत र उद्धारमा राज्यका सबै शक्ति पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगञ्ज– ‘छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा

रसुवा बाढी पीडितको राहत र उद्धारमा प्रश्न उठिरहेका बेला रवि र बालेनबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी

नेप्सेमा गयो पहिरो, ४९० अंकले घट्यो निर्जीवन बीमा समूह

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीको उच्च नकारात्मक प्रभाव सेयर बजारमा