नेपाल-अमेरिका सम्बन्ध सुदृढीकरणबारे छलफल « Khabarhub

नेपाल-अमेरिका सम्बन्ध सुदृढीकरणबारे छलफल


१८ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका क्रममा नेपाल र अमेरिकाबीच सात दशकभन्दा लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार दुवै पक्षले द्विपक्षीय सम्बन्धका विविध आयामका साथै लगानी, व्यापार, संस्कृति र पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचारविमर्श गरेका थिए ।

भेटमा नेपाल–अमेरिका सम्बन्धलाई आपसी हित र सम्मानका आधारमा अझ प्रभावकारी बनाउने तथा विभिन्न क्षेत्रमा साझेदारी अभिवृद्धि गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  ७ : २३ बजे

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न