साताव्यापी खोज अभियान : खैरो हेरोइनसहित ११ जना पक्राउ « Khabarhub

साताव्यापी खोज अभियान : खैरो हेरोइनसहित ११ जना पक्राउ


१८ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा प्रहरीको साताव्यापी अपराधी खोजतलास अभियानबाट लागुऔषध खैरो हेरोइनसहित ११ जनालाई पक्राउ गरिएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले काठमाडौँका विभिन्न स्थानमा यही जेठ १२ गतेदेखि १७ गतेसम्म गरिएको खोजी अभियानका क्रममा ११ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

जिल्लाका विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न र सक्रिय रहेको भन्ने सूचनाका आधारमा ब्यूरोले टोली खटाएको थियो । सो क्रममा निजहरूबाट १०१ ग्राम लागुऔषध बरामद भएकाले सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

ब्यूरोले आज सार्वजनिक गरेको विवरण अनुसार पक्राउ पर्नेमा कैलाली, घोडाघोडी बस्ने ३२ वर्षीय दीपाकुमारी विष्ट, महोत्तरी, एकडरा ४ का २६ वर्षीय अमरकुमार साह, चितवन, भरतपुर महानगरपालिका १७ का ३६ वर्षीय सुनिल लामा, इलाम, चुलाचुली गाउँपालिका ४ का ३५ वर्षीया सङ्गिता बास्कोटा, काठमाडौँ महानगरपालिका २६ का ३७ वर्षीय प्रशान्त राना मगर र नुवाकोट, शिवपुरी गाउँपालिका(२ का ३३ वर्षीय पेम्बा लामा रहेका रेग्मीले जानकारी दिए ।

उनका अनुसार चितवन, भरतपुर महानगरपालिका ७ का ३८ वर्षीय जीवनकुमार लामा, नवलपरासी (पूर्व), कावासोती नगरपालिका २ का २९ वर्षीय सरोज गुरुङ, भारतको दरभङ्गा जिल्ला, फिर्मा पञ्चायत, कचुवा२ ठेगाना भएका २६ वर्षीय आकाश सिंह, सुनसरीको धरान उपमहानगरपालिका १७ की २० वर्षीया जिया राई र मकवानपुर, थाहा नगरपालिका ९ ठेगाना भएकी २० वर्षीया स्वस्तिका तामाङलाई पनि पक्राउ गरिएको छ ।

निजहरूमध्ये सुनिल लामा र सङ्गिता बास्कोटा लागुऔषध मुद्दामा केन्द्रीय कारागार सुन्धारामा थुनामा रहेको अवस्थामा भाद्र २३ र २४ गतेको आन्दोलनमा फरार रहेका रेग्मीले उल्लेख गरे ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  ९ : ०३ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,