नारायण दाहालले भने- लामो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न उठ्न थाल्यो « Khabarhub

नारायण दाहालले भने- लामो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न उठ्न थाल्यो


१७ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले लामो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

बुधबार काठमाडौंमा आयोजित पूर्व सांसद मञ्च, नेपालको २६ औँ वार्षिक साधारण सभामा अध्यक्ष दाहालले देशमा संघीयता र राष्ट्रिय सभाको औचित्यलाई लिएर विभिन्न कोणबाट बहसहरू भइरहेको र ठूलो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

लामो संघर्षको प्रक्रियाबाट प्राप्त गरेको संविधानमाथि कतैबाट आक्रमण हुन खोजे यसको रक्षाका लागि गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष दाहालले मुलुकको परिवर्तनमा योगदान दिएका पुराना नेताहरूले संयमताका साथ सही र गलत छुट्ट्याउनका लागि बहस गर्न जरुरी रहेको धारणा राखे । 

उनले अहिलेको संविधान आधारभूत रुपमा नेपाली जनताको संघर्षको रूप भएकाले यसलाई जोगाउनका लागि सबै सहज हुनुपर्ने बताए । 

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  २ : ०५ बजे

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको