काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले लामो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित पूर्व सांसद मञ्च, नेपालको २६ औँ वार्षिक साधारण सभामा अध्यक्ष दाहालले देशमा संघीयता र राष्ट्रिय सभाको औचित्यलाई लिएर विभिन्न कोणबाट बहसहरू भइरहेको र ठूलो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
लामो संघर्षको प्रक्रियाबाट प्राप्त गरेको संविधानमाथि कतैबाट आक्रमण हुन खोजे यसको रक्षाका लागि गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
अध्यक्ष दाहालले मुलुकको परिवर्तनमा योगदान दिएका पुराना नेताहरूले संयमताका साथ सही र गलत छुट्ट्याउनका लागि बहस गर्न जरुरी रहेको धारणा राखे ।
उनले अहिलेको संविधान आधारभूत रुपमा नेपाली जनताको संघर्षको रूप भएकाले यसलाई जोगाउनका लागि सबै सहज हुनुपर्ने बताए ।












प्रतिक्रिया