संविधान संशोधनमा अहिल्यै हतार नगरौँ: एमाले महासचिव « Khabarhub

संविधान संशोधनमा अहिल्यै हतार नगरौँ: एमाले महासचिव


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले संविधान संशोधन गर्न खोजेको भए राजनीतिक दलबिच सहमति जुटाउनुपर्ने बताएका छन्।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै संविधान संशोधनजस्तो महत्त्वपूर्ण विषयमा हतारिनुभन्दा पहिले दलबिच न्यूनतम सहमति निर्माण हुनुपर्नेमा जोड दिएका हुन्।

संविधान संशोधनको चर्चा चलिरहेका बेला एमाले महासचिव पोखरेलले हालको राजनीतिक परिस्थिति र समय संविधान संशोधनका लागि उपयुक्त नभएको समेत स्पष्ट पारेका छन्। “सरकारले संविधान संशोधन गर्न खोजेको हो भने राजनीतिक दलहरूबिच सहमति जुटाउनुपर्दछ,” पोखरेलले लेखेका छन्, “तर अहिले संविधानमा संशोधन गर्ने उचित समय होइन।”

महासचिव पोखरेलको यो अभिव्यक्तिसँगै संविधान संशोधनका विषयमा प्रमुख राजनीतिक दलहरूबिच थप छलफल र सहमति आवश्यक रहेको सङ्केत मिलेको छ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ११ : ०१ बजे

रसुवा बाढीका कारण विद्युत क्षमतामा १० प्रतिशत प्रभावित

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

काठमाडौं – रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास

रसुवा बाढीमा फेसका ११४ जनाको हवाई उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी : जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना

विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न निर्देशन

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीबाट भएको