स्रोत नखुलेको भारतीय रकमसहित दुईजना नियन्त्रणमा « Khabarhub

स्रोत नखुलेको भारतीय रकमसहित दुईजना नियन्त्रणमा


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय मातहतको इलाका प्रहरी कार्यालय जानकी टोलबाट खटिएको प्रहरीले विशेष सूचनाका आधारमा पर्साको जगरनाथपुर गाउँपालिका-२ नहर सडकखण्डमा ना१०प ४४६९ नम्बरको मोटरसाइकलमा जाँच गर्दा स्रोत नखुलेको भारतीय रकम भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले मोटरसाइकलमा सवार मकवानपुरको राक्सिराङ गाउँपालिका-२ घर भई चितवनको माडी नगरपालिका-९ हनुमानझुला बस्ने ४२ वर्षीय दिपेश हिमडुङ र सोही स्थानका २६ वर्षीय तिलक हिमडुङलाई खानतलासी गर्दा निजहरूका साथबाट स्रोत नखुलेको प्रतिबन्धित भारतीय रकम फेला परेको जानकारी दिए ।

उनका अनुसार ५०० दरका नोट ३१६ थान,२०० दरका ७५ थान नोट, १०० दरका नोट ३६५ थान रुपैयाँ भारतीय रकम फेला परेकाले प्रतिबन्धित भारतीय नोटसहित दिपेश र तिलकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए । 

निजहरूका साथबाट ना१०प ४४६९ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको उनको भनाइ छ ।
 

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ५ : २६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार