‘निम्सदाइ’को आरोही दल हिमपहिरोमा पर्नुअघिको तस्बिर सार्वजनिक « Khabarhub

‘निम्सदाइ’को आरोही दल हिमपहिरोमा पर्नुअघिको तस्बिर सार्वजनिक


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वका चर्चित पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ को आरोही दल पाकिस्तानको कराकोरम पर्वत श्रृङ्खलास्थित ब्रोड पीकमा हिमपहिरोमा पर्नुअघिको तस्बिर सार्वजनिक भएको छ । विश्वको १२ औँ अग्लो ८ हजार ४७ मिटर उचाइको यस हिमालमा गएको जुलाई ३० का दिन हिमपहिरो गएको थियो ।

हिमपहिरोमा पर्नुअघि खिचिएको आरोहण दलको उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । बेस क्याम्पबाट खिचिएको उक्त तस्बिरमा आरोहण दल हिमालतर्फ जाँदै गरेको देखिएका छन् । फोटो खिचेको केही समयमा नै माथिबाट अचानक बरफको विशाल ढिस्को खसेको थियो ।

तस्बिरसँगैको भिडियोमा एक महिलाले डराउँदै ‘ओह माई गड, कतै यो पहिरो हामीसम्म त आइपुग्दैन ?’ भनेको सुनिन्छ । जवाफमा अर्का पुरुषले आउँदैन भनेको सुनिन्छ ।

शनिबार मात्रै पुर्जाको अभियान व्यवस्थापन गरिरहेको कम्पनी एलिट एक्स्पेडले पाकिस्तानी आरोही सोहेल साखीसहित अभियानमा सहभागी सबै सदस्यको मृत्यु भएको पुष्टि गरेको थियो । उनको शव पनि फेला परिसकेको छ । पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले आइतबार जारी गरेको विज्ञप्तिअनुसार उद्धार टोलीले समुद्री सतहबाट करिब ५,७०० मिटर उचाइमा पुर्जाको शव फेला पारेको हो ।

त्यही स्थानमा थप तीन जनाको शव पनि देखिएको जनाइएको छ, तर ती शवको पहिचान अझै खुल्न सकेको छैन । एसीपीले ती शवहरूलाई जापानी क्याम्पसम्म ल्याउने तयारी भइरहेको जनाएको छ । कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण उद्धार अभियान निकै चुनौतीपूर्ण रहेको पनि क्लबले उल्लेख गरेको छ ।

प्रारम्भिक जानकारी भएकाले आधिकारिक पुष्टि नभएसम्म अपुष्ट विवरण सार्वजनिक नगर्न सर्वसाधारणलाई आग्रह गरिएको पाकिस्तानको चर्चित अनलाइन डनले उल्लेख गरेको छ । एसीपीका महासचिव अयाज शिग्रीका अनुसार उद्धार टोली एड्भान्स बेस क्याम्पतर्फ अघि बढेर खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ ।

हिमपहिरोको उच्च जोखिम, भीरालो भूभाग र प्रतिकूल मौसमका कारण हेलिकप्टर परिचालन गर्न नसकिएकाले उद्धार कार्य स्थलमार्गबाट भइरहेको उनले बताए । त्यसअघि तीनजना आरोहीको शव र एक अमेरिकी आरोहीको हुन सक्ने अवशेष फेला परिसकेको एसीपीकी नाइला कियानीले जानकारी दिएकी थिइन् ।

एसीपीका अनुसार पाकिस्तान र नेपालका आरोही सम्मिलित आठ सदस्यीय उद्धार टोली आइतबार बिहान ९ बज्नुअघि क्याम्प-१ पुगेको थियो । उक्त टोलीले अत्यन्त कठिन परिस्थितिमा ब्रोड पीकको ढिस्को क्षेत्रमा खोज तथा शव उद्धार अभियान जारी राखेको जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ६ : ४३ बजे

भोटेकोशी बाढी : हालसम्म ७३ जनाको शव भेटियो

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण

छिमेकीसँगको कूटनीतिक संवादलाई तीव्रता दिँदै इरान

तेहरान– इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले छिमेकी मुलुकसँगको ‘दृढ’ कूटनीतिले

कांग्रेस महाधिवेशन रोक्ने देउवाको प्रयास असफल, सर्वोच्चले दिएन मागअनुसारको आदेश

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष अधिवेशनबाट निर्वाचित गगनकुमार थापा

युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ

बैङ्कक- मध्यपूर्वमा लामो सैन्य तैनाती पूरा गरेको अमेरिकी विमानवाहक युद्धपोत

रसुवाको बाढीमा नेपालीसहित ४०३ जना बेपत्ता, ३४१ विदेशी पर्यटक परे

काठमाडौं– रसुवामा आएको आकस्मिक बाढीमा परी हालसम्म ४०३ जना नेपाली