सामान्य बन्दै गोलबजारको जनजीवन, कर्फ्यु हट्यो (तस्बिरहरू) « Khabarhub

सामान्य बन्दै गोलबजारको जनजीवन, कर्फ्यु हट्यो (तस्बिरहरू)


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यु हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाले आज सूचना जारी गर्दै स्थानीय सुरक्षा अवस्थाको विश्लेषणका आधारमा गोलबजार नगरपालिका क्षेत्रभित्र लागू गरिएको कर्फ्यु आदेश आज राती ७ बजेदेखि हटाइने जनाएको थियो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कर्फ्यु आदेश २०८३ साउन १७ गते राति ७ बजेदेखि हटाइने उल्लेख गरेका थिए । 

गोलबजार क्षेत्रमा पछिल्लो केही दिनदेखि उत्पन्न तनाव र सुरक्षा चुनौतीलाई ध्यानमा राखी प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।

सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यु हटाउने निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
 
तस्बिरहरू : सुरेश राय, सिराहा/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ७ : १२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार