निर्मल पुर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका र धौलागिरी–४ मा शोक बिदा « Khabarhub

निर्मल पुर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका र धौलागिरी–४ मा शोक बिदा


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । विश्वप्रसिद्ध पर्वतारोही निर्मला पुर्जा (निम्स दाइ) को निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले मंगलबार (साउन १८ गते) शोकबिदा दिएको छ।

उनको सम्मानमा प्रतिमा पनि बनाउने गाउँपालिका अध्यक्ष भारतकुमार पुनले घोषणा गरेका छन्।

सोमबार जारी सूचनामा भनिएको छ, ‘अन्नपूर्ण गाउँपालिका ३, दानाका सुपुत्र तथा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्स दाइ’ पुर्जा लगायत उहाँको आरोहण टोलीका सदस्यहरुले पाकिस्तानस्थित ब्रड पिक (८,०४७ मिटर) हिमालमा आएको भीषण पहिरोका कारण दुःखद निधन भएको खबरले सम्पूर्ण गाउँपालिका परिवार, म्याग्दीवासी र समग्र नेपालीलाई स्तब्ध र मर्माहत बनाएको छ।’

साथै, सूचनामा अगाडि भनिएको छ, ‘नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु नयाँ उचाइमा पु¥याउने, नेपाली पर्वतारोहीको पहिचान र गौरवलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने तथा साहस, नेतृत्व र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्ने स्व.निर्मल पुर्जाको योगदान सदैव स्मरणीय रहनेछ। उहाँको असामयिक निधनले नेपालमात्र होइन, विश्व पर्वतारोहण समुदायले समेत अपूरणीय क्षति व्यहोरेको छ।’

गाउँपालिकाले १८ साउनमा गाउँपालिकाअन्तर्गत अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोक बिदा दिने घोषणा गरेको छ।

उता, म्याग्दीकै धौलागिरी गाउँपालिका ४ नम्बर वडा कार्यालयले पुर्जाको निधनप्रति दुःख व्यक्त गर्दै मंगलबार शोक बिदा दिने निर्णय गरेको छ।

संसारको सातौँ अग्लो धौलागिरी हिमाल (८,१६७ मिटर) धौलागिरी गाउँपालिका ४ नम्बर वडाको भूगोलमा पर्छ।

निर्मल पुर्जाले आरोहण गरेको धवलागिरी हिमाल अवस्थित भएको र म्याग्दीका जन्मिएर विश्वभर साहसी बनेर पहिचान बनाएका उनको सम्मानमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको वडाध्यक्ष यामप्रसाद घर्तीले बताए।

यसैगरी, धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले पनि शोक वक्तव्य जारी गरेर पुर्जा र आरोहण टोलीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ९ : ०३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार