भोटेकोसी बाढीमा बेपत्ता एकै परिवारका पाँच जनाको अन्तिम संस्कार गरिँदै « Khabarhub

भोटेकोसी बाढीमा बेपत्ता एकै परिवारका पाँच जनाको अन्तिम संस्कार गरिँदै


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका एकै परिवारका पाँच जना सदस्य नभेटिएपछि पीडित परिवार अन्तिम संस्कारको निर्णयमा पुगेको छ । लामो समयसम्म निरन्तर खोजी गर्दा पनि फेला नपरेपछि पत्रकार निराजन पौडेलको परिवारले बुबा, आमा, काका, काकी र बहिनीको अन्तिम संस्कार सुरु गर्ने निर्णयमा पुगेको जानकारी गराएका हुन् ।

पीडित परिवारका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–लोलाङ बोहोराटार गेटबाट सुनौलो बस्ती जाने बाटोमा रहेको रुद्रमती महादेव मन्दिर तथा किरियापुत्री भवनमा अन्तिम संस्कारको धार्मिक विधि सम्पन्न गर्ने जनाएको हो । बाढी आएको एक साताभन्दा बढी समय बितिसक्दा पनि बेपत्ता आफन्तको अत्तोपत्तो नभएपछि आफन्त परम्पराअनुसार काजकिरियामा बस्न लागेका हुन् ।

निराजनले फेसबुकमा लेखेका छन्, ‘भदौ १० गते आएको भोटेकोशी बाढीमा परेर वेपत्ता हुनुभएका हाम्रा अभिभावक बुवा, आमा, अंकल, अन्टी, बहिनीको खोजी कार्यगर्दा पनि नभेटिएपछि आजदेखि हामी अन्तिम संस्कार गर्ने निर्णयमा पुगेका छौँ ।स्थान: काठमाडौं, तारकेश्वर नगरपालिका लोलाङ बोहोराटार गेटबाट सुनौलो बस्ती जाने बाटो । रूद्रमति महादेव मन्दिर तथा किरियापुत्री भवन ।’

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  १० : ५२ बजे

भोटेकोशीको बाढी : २५ अर्बको बीमा दाबी, इन्जिनियरिङमा मात्रै २० अर्ब क्षति

काठमाडौँ – भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको

जेलेन्स्कीको चेतावनी : रूस–युक्रेन युद्धका कारण हवाई सुरक्षामा चुनौती बढ्न सक्ने

किएभ– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस–युक्रेन युद्ध जारी रहेसम्म युक्रेनी ड्रोन

तीनभाइको प्रतीक्षामा रामकुमार, ‘चुलो नबलेको हप्ता भयो, सम्झानाले सताइरहन्छ’

सप्तरी– रामकुमार यादव आफ्ना तीन भाइ एकैपटक घर आउन सक्ने

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा