भारतीय सेनाका लागि निर्मित एके-२०३ राइफलको सफल परीक्षण, यस्ता छन् विशेषता « Khabarhub

भारतीय सेनाका लागि निर्मित एके-२०३ राइफलको सफल परीक्षण, यस्ता छन् विशेषता


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय सेनाका लागि स्वदेशी प्रविधि र सामग्री प्रयोग गरेर निर्माण गरिएको एके-२०३ (शेर) राइफल सफल परीक्षण गरिएको छ । भारतको उत्तर प्रदेशस्थित अमेठीको कोरवा अर्दनेन्स फ्याक्ट्रीमा स्थापना गरिएको इन्डो-रशियन राइफल्स प्राइभेट लिमिटेडको संयन्त्रमार्फत यो उपलब्धि हासिल भएको हो ।

यस राइफलको विकास प्रक्रियामा करिब आठ वर्षको समय लागेको थियो । दोस्रो विश्वयुद्धपछि बेलायती प्रभावबाट मुक्त हुँदै आएको भारतीय सेनाले सन् १९९० को दशकमा इन्सास राइफल विकास गरे पनि यो अत्यधिक समस्याग्रस्त र प्रभावकारी नभएको गुनासो आएपछि सोभियत संघको एके-४७ र यसका परिमार्जित रूपहरू प्रयोग गर्न थालेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मेक इन इन्डिया’ र ‘आत्मनिर्भर भारत’ अभियानअन्तर्गत यो राइफल उत्पादन गरिएको भए पनि यसको निर्माणमा भएको ढिलाइले भने केही आलोचना पनि खेप्नुपरेको छ ।

दशकौँ पुरानो डिजाइनलाई आत्मसात गर्न आठ वर्ष लाग्नुलाई कतिपयले नोकरशाही जटिलताको रूपमा टिप्पणी गरेका छन् । यसरी स्वदेशी उत्पादनमा भएको ढिलाइले गर्दा भारतले सन् २०१९ र २०२४ मा अमेरिकी कम्पनी सिग साउरबाट लाखौँको सङ्ख्यामा एसआईजी ७१६ राइफलहरू समेत आयात गर्नुपरेको थियो । यद्यपि, हाल उत्पादन गरिएको ‘शेर’ नाम दिइएको यो राइफल पूर्ण रूपमा भारतीय पाटपुर्जा र सामग्री प्रयोग गरी तयार पारिएको पहिलो संस्करण हो ।

प्राविधिक रूपमा यो राइफलमा ४१५ मिलिमिटरको ब्यारेल, म्याग्पुल बटस्टक र ७.६२ बाई ३९ एमएमको क्याट्रिज प्रयोग गरिएको छ । यसमा विभिन्न अप्टिक्स, बाइपड, फोर्टग्रिप, तथा लागातार लक्ष्यमा प्रहार गर्न मिल्ने लेजरजस्ता उपकरण जडान गर्नपिकाटिनी रेलको व्यवस्था गरिएको छ भने यसमा ४० मिलिमिटरको जिपी-३४ अन्डर-ब्यारेल ग्रेनेड लन्चर पनि जोड्न सकिन्छ ।

खाली अवस्थामा ३.८ किलोग्राम तौल हुने यस राइफलले प्रतिमिनेट ७०० राउन्डसम्म फायर गर्न सक्ने क्षमता राख्दछ र यसको मार हान्ने प्रभावकारी दायरा ८०० मिटर रहेको छ । मस्को र नयाँ दिल्लीबीचको लामो सामरिक सहयोगको प्रतीक मानिएको यस परियोजनाले विदेशी सैन्य सामग्रीमाथिको परनिर्भरता घटाउने दिशामा एउटा महत्त्वपूर्ण कदम पार गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  ६ : ४८ बजे

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्