जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात « Khabarhub

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात रहेको छ । 

दसैँ, तिहारलगायत चाडपर्वमा नुनको अभाव नहोस् भनेर पर्याप्त मौज्दात राखिएको साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय जुम्लाका प्रमुख मुनीदत्त बुढाले जानकारी दिए ।

डिपोमा एक हजार ८१७ क्विन्टल नुन मौज्दात थियो । चालु आवको असोज १४ गतेसम्म ७६८ क्विन्टल नुन बिक्री भएपछि अहिले एक हजार ४९ क्विन्टल मौज्दात रहेको प्रमुख बुढाले बताए।

सिञ्जाको नराकोट डिपोबाट हिमाली र सिञ्जा गाउँपालिकाका साथै गुठीचौर डिपोबाट कनकासुन्दरी गाउँपालिकासीलाई नुन वितरण हुँदै आएको छ । चालु आवका लागि जुम्ला सदरमुकामसहित तीनवटै डिपोका लागि साल्ट ट्रेडिङ कर्पोरेसनको केन्द्रीय कार्यालयले नुनको कोटा निर्धारण गरेको छैन ।

नराकोट र गुठीचौर डिपोलाई सदरमुकाम खलङ्गाको डिपोबाट आवश्यकताअनुसार नुन पठाउने गरिएको प्रमुख बुढाले बताए।  जिल्लामा नुनको अभाव हुन नदिन नेपालगन्जबाट थप नुन माग गरिएको कार्यालयले जनाएको छ ।

पछिल्लो समय स्थानीय तहले समेत जुम्ला सदरमुकामको डिपोबाट नुन खरिद गरी वडाबाटै वितरण गर्दै आएका छन् ।
 

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १० : १० बजे

प्रधानमन्त्रीको सचिवालयमा ३ जना मन्त्री र २ राज्यमन्त्री सरह सहित यस्तो छ २५ सदस्यीय सचिवालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय,

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको