कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित « Khabarhub

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेकी संज्ञाले २८९ मत प्राप्त गरे पनि निर्वाचित हुन सकिनन्।

संज्ञा यसअघि प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूचीमा समेत परेकी थिइन्। उनको नाम समानुपातिक सूचीमा समावेश भएपछि चौतर्फी विरोध भएको थियो। त्यसपछि उनले उम्मेदवारी फिर्ता लिएकी थिइन्।

उम्मेदवारी फिर्ता लिएपछि पनि संज्ञा कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएकी थिइन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उनी पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय भएकी थिइन्।

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भएपछि भने संज्ञा पार्टी गतिविधिमा तुलनात्मक रूपमा कम सक्रिय देखिएकी थिइन्। यद्यपि, उनले थापा नेतृत्वलाई समर्थन गर्दै आएको बताइँदै आएको छ।

कांग्रेसले यही असोज १८ गतेदेखि काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ। महाधिवेशनलाई लक्षित गर्दै पार्टीका विभिन्न समूहले आ–आफ्ना गतिविधि तीव्र बनाएका छन्। पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि समानान्तर गतिविधि अघि बढाइरहेको छ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १२ : १९ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको