अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ « Khabarhub

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र–मैत्री भएको दाबी गरेका छन् ।  

पूर्वाधार विकास मन्त्रालयले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन तयारी सम्बन्धी कार्यक्रममा मन्त्री वाग्लेले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले निजी क्षेत्रलाई सहज रुपमा काम गर्ने वातावरण बनाउँदै सरकार अघि बढिरहेको समेत बताए । 

आगामी १० वर्षसम्म दिगो रूपमा औसत ७ प्रतिशतको वास्तविक आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको उनले बताए ।  यो लक्ष्य कुनै हावादारी नभई विश्वयुद्धपछिका १३ देखि १५ वटा मुलुकहरूको विकास अनुभव र इतिहासमा आधारित रहेको मन्त्री वाग्लेले बताए । 

उनले विकास र आर्थिक फड्कोका लागि कानुन निर्माण तथा सुधार प्रारम्भिक प्रस्थान बिन्दु भएकाले व्यवसायी तथा विकास निर्माणमा देखिएका गाँठाहरू फुकाउन कानुनले सहजीकरण गर्नुपर्नेमा जोड दिए । 

विगतको साढे तीन वर्षको संसदीय कार्यकालमा जम्मा ३५ वटा विधेयक पारित भएको तुलना गर्दै उनले अहिले कानुन निर्माण र सुधारको गतिलाई तीव्र बनाइएको उल्लेख गरे । साथै उनले  आगामी २-३ वर्षभित्रै आर्थिक र पूर्वाधारका क्षेत्रमा सार्थक नतिजा देखिने गरी काम अगाडि बढाउने धारणा राखे । 

त्यस्तै कानूनमन्त्री सोविता गौतमले विकासका लागि अरू देशको मोडल अवलम्बन गर्दा नेपालको सन्दर्भमा सान्दर्भिक नहुन सक्ने भएकाले मौलिक विकासको मोडलमार्फत अघि बढ्नुपर्ने बताइन् । 

उनले नियामक निकायहरूले काम अड्काउने मात्र नगरी निश्चित मापदण्ड भित्र रहेर लगानीकर्ता र संस्थाहरूलाई सहजीकरण गर्नुपर्ने उनले बताइन् । उनले अवसर मात्रैले लगानी कसैले नगर्ने भन्दै लगानी फिर्ता गर्ने वातावरण बनाउने गरी कानून बनाउनुपर्ने धारणा राखिन् ।

त्यस्तै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले ऐन, कानुन र नीतिमा सुधार: लगानीको वातावरण सुधार गर्नका लागि ऐन, कानुन र नियमावलीहरूलाई अझ उत्कृष्ट बनाउनुपर्ने उल्लेख गरे । 

उनले व्यवसायी तथा लगानीकर्ताहरूलाई सुरुवातमै भन्सार शुल्क तथा करहरूमा छुट वा शून्य बनाएर व्यापार/उद्योग सहज बनाउनुपर्ने र पछि आम्दानी/नाफा भएपछि मात्र ’इन्कम ट्याक्स’ मार्फत कर उठाउने नीति आवश्यक रहेको धारणा राखे । 

उनले सुरुमै धेरै कर र रकम उठाउँदा बजारमा सीमित स्रोत भई व्यवसायीहरूले ऋण तिर्न नसक्ने तथा खर्च र कर्मचारीको तलब घटाउनुपर्ने स्थिति आउने हुँदा सुरुमा राहत दिएर पछि कर उठाउँदा देश समृद्ध हुने तर्क गरे ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  २ : ४७ बजे

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं– युरोपेली संघ ईयूले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर