दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो « Khabarhub

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ । जिल्लामा गगन थापा नेतृत्वको जिल्ला कार्यसमितिले महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि तथा चयन गरिसक्दा देउवा पक्षले बिहीबारदेखि वडा अधिवेशन सुरु गरेको छ ।

कांग्रेस दोलखाले दुवै प्रदेशसभा निर्वाचन क्षेत्रबाट क्षेत्रिय प्रतिनिधि चयन सहित ३ तहको अधिवेशन सम्पन्न गर्दै प्रदेश तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरेको छ । बुधबार सम्पन्न अन्तिम सर्वसम्मत परिणामअनुसार विभिन्न क्लस्टरबाट ३२ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

जिल्लाका नौवटै स्थानीय तहका सभापति पदेन रूपमा केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने निर्वाचन समितिले जनाएको छ । अधिवेशनले प्रदेशसभा ‘क’ र ‘ख’ को कार्यसमितिसमेत सर्वसम्मत चयन गरेको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा शुक्रराज तामाङ पुनः सर्वसम्मत निर्वाचित भएका छन् ।

तामाङ यसअघि पनि सोही क्षेत्रको सभापति थिए। त्यसैगरी क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा चित्रकुमार तामाङ निर्वाचित भएका छन् । तामाङ यसअघि नेपाल तरुण दल दोलखाको अध्यक्ष थिए । दुवै निर्वाचन क्षेत्रबाट प्रदेश अधिवेशन प्रतिनिधिसमेत चयन भएका छन् ।

यता, देउवा पक्षले भने बिहीबारदेखि दोलखामा वडा अधिवेशन सुरु गरेको छ । देउवा पक्षका जिल्ला अधिवेशन संयोजक ताराकुमार खड्काका अनुसार बिहीबार भीमेश्वर नगरपालिका, तामाकोशी गाउँपालिका तथा गौरीशंकर गाउँपालिकाका केही वडामा अधिवेशन सम्पन्न भएको छ ।

खड्काका अनुसार असोज १५ गतेदेखि सुरु भएको वडा अधिवेशन असोज २० गतेसम्म सञ्चालन हुनेछ । वडा अधिवेशनपछि पालिका तथा प्रदेश अधिवेशन गर्ने तयारी रहेको उनले जानकारी दिए । -सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ३ : ३० बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप