विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे « Khabarhub

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको १५ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले महाधिवेशनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । 

कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा प्रचारप्रसारका नाममा कुनै तामझाम नगर्ने निर्णय पार्टीले लिएको बताए । महाधिवेशनमा वातावरणमैत्री प्रचारप्रसार गर्नका लागि सबै उम्मेदवारहरूलाई आग्रह गरिएको उनले बताए ।  

महाधिवेशनमा सात हजार सात सयभन्दा प्रतिनिधिहरू सहभागी हुदैछन् । काँग्रेसको इतिहासमा नै पहिलोपटक यति ठूलो संख्यामा महाधिवेशन प्रतिनिधिहरू निर्वाचित भएको प्रवक्ता चालिसेले बताए। महाधिवेशन अन्तर्गत असोज १८ गते उद्घाटन, १९ र २० गते बन्द सत्र र २१ र २२ गते निर्वाचन प्रक्रिया हुने उनले जानकारी दिए  ।

उनले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा रहेको विधान संशोधन समितिले सुझाव संकलन र छलफल जारी भन्दै विधान संशोधनमार्फत शेर बहादुर देउवा लगायत पूर्व सभापतिहरूको मर्यादा र स्थान कहाँ रहने भन्ने विषयलाई पनि समेटिने बताए ।

उनले महाधिवेशनलाई केवल ’नेता चयन गर्ने’ थलोमा मात्र सीमित नराखी नीतिगत बहस र देशको परिकल्पनामा बढी केन्द्रित गराउने प्रयास गरिएको उल्लेख गरे । प्रवक्ता चालिसेले पार्टीको नेतृत्व चयनका विषयमा ठूलो विवाद नरहेको समेत दाबी गरे । 

उनले देशका ६,७४३ वडा तहदेखि भएका अधिवेशनहरूमा ९९ प्रतिशत भन्दा बढी सदस्यहरूको उपस्थिति रहेकाले पार्टीको आधिकारिकता र वैधानिकतामा कुनै कानुनी वा राजनीतिक शंका नरहेको स्पष्ट पारे । 

कांग्रेसको केन्द्रीय महाधिवेशनको उद्घाटन असोज १८ गते खुल्ला मञ्च गर्ने तय भएको छ ।  

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ४ : २४ बजे

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण