धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै « Khabarhub

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएको छ।

बाँधमा जम्मा भएको सिल्ट सफा गर्न परियोजनाले असोज १७ गते राति १ बजेदेखि असोज १९ गते राति १ बजेसम्म बाँधका ढोका खोल्न लागेको हो। एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावर स्टेसन भारतबाट प्राप्त पत्रका आधारमा बाँध खोलिने जानकारी आएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताए।

बाँधका ढोका खोलिएको अवधिमा महाकाली नदीको बहाव र जलस्तर बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। प्रशासनले नदी किनारमा नजानसमेत अनुरोध गरेको छ।

दार्चुलाबाट बैतडी, डडेल्धुरा र कञ्चनपुर हुँदै भारततर्फ बग्ने महाकाली नदीमा पानीको सतह बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखी तटीय क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको हो।

२८० मेगावाट क्षमताको धौलीगङ्गा जलविद्युत् परियोजनाले बाँध खोल्नुअघि नेपाली पक्षलाई जानकारी गराउँदै आएको प्रजिअ अर्यालले बताए। यसअघि पनि गत साउन १३ गते परियोजनाको बाँधका ढोका खोलिएको थियो।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ४ : ५३ बजे

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग