कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने « Khabarhub

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपस्थित हुने भएका छन् । कांग्रेस नेता उदयशमशेर राणाका अनुसार सत्तारुढ दलका सभापतिले महाधिवेशनमा उपस्थित हुने जानकारी गराएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गत असार ७ देखि १२ गतेसम्म चितवनमा गरेको महाधिवेशनमा पनि कांग्रेस सभापति गगन थापा उपस्थित भएका थिए । यस्तै, महाधिवेशनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल पनि उपस्थित हुने भएका छन् ।

यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि कांग्रेसको महाधिवेशनमा उपस्थित हुने कार्यतालिका छ । उसो त एमाले अध्यक्ष ओलीले गगन थापालाई सभापति नस्वीकारेको र देउवातिर ढल्किएको आरोप पनि लाग्ने गरेको छ । तर, ओली महाधिवेशनमा उपस्थित भएर शुभकामना दिने तयारीमा रहेको उनको सचिवालय बताउँछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि महाधिवेशनमा उपस्थित हुने सम्भावना छ । तर अहिलेसम्म उनलाई निम्तो पुगेको छ या छैन भन्ने जानकारी गराइएको छैन । यता हर्क साम्पाङको श्रम संस्कृति पार्टीबाट महासचिव आरेन राई उपस्थित हुने भएका छन् ।

नेपाली कांग्रेसले १५औं महाधिवेशन १८ गतेदेखि २२ गतेसम्म गर्न लागेको छ । यता पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने मंसिरमा महाधिवेशन गर्नेगरी समानान्तर गतिविधि अगाडि बढाएको छ । अहिले कांग्रेस देउवा पक्ष वडा अधिवेशन गरिरहेको देखिन्छ । कांग्रेस देउवा पक्षका नेता प्रकाश शरण महतका अनुसार दशैं अगाडिसम्ममा वडा अधिवेशन सक्ने तयारी छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ५ : ३४ बजे

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा