सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु « Khabarhub

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले पारेको असरबारे अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गर्ने बताएका छन् ।  

शुक्रबार सिंहदरबारमा पत्रकारहरुसंगको छलफलमा तान्जानियामा हुने आइपीयुको बैठकमा सहभागी हुन आफू आइतबार त्यसतर्फ जान लागेको जानकारी दिँदै सभामुख अर्यालले हालै नेपालमा भएको बाढी पहिरो र जलवायु परिवर्तनले पारेको असरबारे अन्तर्राष्ट्रिय स्तरमा संसारलाई सुनाउने महत्त्वपूर्ण मौका हुने बताएका हुन् । 

कार्बन उत्सर्जनमा नेपालको नगण्य भूमिका भए पनि व्यहोर्नुपरेको क्षतिबारे विश्वका सभामुख तथा सांसदहरूसामु यो बहस उठाउने अवसर प्राप्त भएको उनले बताए । 

उनले आइपीयुको बैठकमा नेपालको तर्फबाट ’इमेरजेन्सी एजेन्डा’ प्रस्तुत गर्ने नयाँ अभ्यास र तयारी भइरहेको भन्दै उक्त एजेन्डा पास गराएर बहसमा ल्याउन परराष्ट्र मन्त्रालय र प्रतिनिधिमण्डल प्रयासरत रहेको धारणा राखे ।

त्यस्तै उनले संसद् कमजोर नभएको र यसको आफ्नै मर्यादा तथा गति रहेको उल्लेख गरे । 

देशका करिब ३ करोड नेपालीका लागि काम गर्न खटिएकाले व्यक्तिगत थकानको कुनै अर्थ नरहने र आफ्नो कर्तव्य निरन्तर पूरा गर्ने उनले बताए । 

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ६ : ५४ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको