काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन « Khabarhub

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी साढे तीन हजारभन्दा बढी प्रहरी परिचालन गर्ने गरी विशेष सुरक्षा योजना लागू गरेको छ ।

शुक्रबारदेखि शुरु भई कात्तिक ३० गतेसम्म ४५ दिनका लागि तय गरिएको यो योजनाले राजधानीको शान्ति सुरक्षालाई थप सुदृढ बनाउने र आपराधिक गतिविधि न्यूनीकरण गर्ने लक्ष्य लिएको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दानबहादुर थापा र एसएसपी दिलिप घिमिरेले विगतका वर्षहरूको अपराध विश्लेषण र सुरक्षा जोखिमलाई आधार मानेर यस वर्षको सुरक्षा योजना तयार पारेको जानकारी दिए।

चाडपर्वका समयमा घर खाली हुने, बजारमा भीडभाड बढ्ने र मानिसहरूको आवतजावत बढी हुने भएकाले चोरी, लुटपाट र सवारी दुर्घटना जस्ता चुनौतीलाई मध्यनजर गर्दै यो विशेष पहल लिइएको हो ।

यो सुरक्षा योजनाअन्तर्गत उपत्यकाका मुख्य बजार, बसपार्क र संवेदनशील क्षेत्रमा ३ हजार ५०६ प्रहरी जनशक्ति परिचालन हुनेछन्। प्रहरीले नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने, सीसीटीभीमार्फत निरन्तर निगरानी गर्ने र टिकट काउन्टरमा हुने ठगी तथा सवारी साधनको ओभरलोड नियन्त्रणमा विशेष ध्यान दिने रणनीति बनाएको थापाले बताए।

‘जिल्ला प्रहरी परिसरले सम्भावित आपराधिक घटना रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले २०८३ असोज १६ गतेदेखि कात्तिक ३० गतेसम्म ४५ दिनका लागि काठमाडौं जिल्लाभर लागू हुने गरी चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०८३ तयार गरी कार्यान्वयनमा ल्याएको छ’, उनले भने, ‘बडादशैँ, दीपावली तथा छठ पर्वलाई सुरक्षित, मर्यादित र सुव्यवस्थित बनाउनु यो योजनाको मुख्य लक्ष्य हो । योजनाअन्तर्गत ३ हजार ५०६ जना प्रहरी जनशक्ति परिचालन गरिनेछ ।’

‘दशैँ कसैका लागि दशा नबनोस्’ भन्ने मूल मर्मका साथ लागू गरिएको यो योजनाले समुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत जनचेतना फैलाउने र शान्ति सुव्यवस्था कायम गरी प्रहरी–नागरिकबीचको विश्वास अभिवृद्धि गर्ने उद्देश्य राखेको एसएसपी घिमिरेले बताए। चाडपर्वको अवसरमा नागरिकहरू घर फर्किने र बजारमा हुने अत्यधिक चहलपहलको फाइदा उठाउँदै आपराधिक समूह सक्रिय हुनसक्ने भएकाले शतर्क रहन आग्रह गरे।

विगतका घटनाहरूको ‘क्राइम प्याटर्न एनालाइसिस’ गरी प्रहरीले यो पटक प्रविधिमैत्री र परिस्कृत सुरक्षा रणनीति तयार गरेको जनाएको छ। विशेषगरी चोरी, लुटपाट, जुवातास र सडक दुर्घटना नियन्त्रणमा विशेष ध्यान केन्द्रित गर्ने काठमाडौँ उपत्यका प्रहरीले जनाएको छ। सवारी साधनमा हुने ठगी र ओभरलोडका कारण हुने दुर्घटना रोक्न प्रहरीले हेल्प डेस्क र नागरिक सहायता कक्षहरू स्थापना गर्ने भएको छ। साथै सीसीटीभीमार्फत मनिटर गरिने र भीडभाड हुने स्थानहरूमा प्रहरी परिचालन व्यापक बनाइने घिमिरेको भनाइ छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १० : १२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका