आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल « Khabarhub

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६ नोभेम्बर २ तारिख। कार्तिक कृष्ण पक्षको अष्टमी तिथि। राधाष्टमी व्रत र गोरखकाली पूजा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । हरेक काममा अवरोध देखिने छन् । निर्णय क्षमताको आवश्यकता देखिन्छ । मनमा धेरै खटपटी हुनसक्छ । वैदेशिक क्षेत्रको लगानीमा उत्साह बढ्नेछ । परिवारको सहयोग प्राप्त हुनेछ ।

वृष : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ । व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु राम्रो हुन्छ । सहकार्यमा अगाडि बढ्दा फाइदा हुनेछ ।

मिथुन : मनमा उत्साह बढ्नेछ । साना योजनालाई रोकेर ठुलाठुला कामको सुरुवात गर्नु राम्रो हुनेछ । शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्र प्रगति हुनेछ । समयको सदुपयोग गर्नुपर्ने दिन छ ।

कर्कट : आज तपाईंको दिन राम्रो छ । लामो यात्रा हुनेछ । शिक्षामा सफलता प्राप्त हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । लगानी गरेको क्षेत्रबाट नाफा आर्जन हुनेछ ।

सिंह : दिन सामान्य छ । खर्च बढ्नेछ । सोचेर निर्णय गर्नुपर्ने दिन हो । अग्रजको सुझाव अनुसार काम गर्दा नाफा हुनेछ । परिवारको साथमा अगाडि बढे फाइदा हुनेछ । लगानीका लागि हिम्मत गर्नु राम्रो हुनेछ ।

कन्या : दिन राम्रो छ । लामो समय रोकिएको कामको सुरुवात हुनेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । वैदेशिक क्षेत्रमा नाफा हुनेछ । विदेशको लगानीबाट मनमा उत्साह बढ्नेछ । व्यवहार गर्दा मर्यादा नभुल्नु राम्रो हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

तुला : दिन राम्रो छ । आफन्तको सहयोग मिल्नेछ । लगानीका अवसर धेरै भएकाले सोचेर अगाडि बढ्नु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : पठनपाठनमा रुची  बढ्नेछ । लगानी र श्रमको उचित मूल्यांकन हुनेछ । काम सम्पन्न नभएसम्म मनको कुरा कसैलाई नभन्नु राम्रो हुन्छ । संकटमा परिवारको साथ मिल्नेछ ।

धनु : यात्रा गर्दा सावधानी अपनाउनुपर्नेछ । मान र मर्यादाले तपाईंलाई उचाईमा पुर्याउने छ । प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ । लगानीका अवसर थुप्रै भएकाले यसलाई सदुपयोग गर्नु राम्रो हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : दिन राम्रो छ । मनको चिन्ता हट्नेछ । सन्तान सुख मिल्नेछ ।  धार्मिक कार्यमा संलग्न भएमा दिन सहज बन्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

कुम्भ : शत्रु  बढ्नेछन्  ।कडा प्रतिस्पर्धामा सहभागी भएर सफलता प्राप्त गर्ने योग छ । कृषि र पशुपालन क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । वैदेशिक लगानीले उत्साह बढ्नेछ । शिक्षा क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ ।

मीन : दिन राम्रो छ । दाजुभाइ वा दिदीबहिनीको सहयोग लिएर अगाडि बढ्ने समय छ । धोरै बोलेर धेरै मिहिनेत गर्नुपर्ने समय छ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ५ : २६ बजे

एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन पहल

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकरभिट्टा–लौकही सडकको

विपद प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन अन्तिम चरणमा

म्याग्दी– मनसुनजन्य विपदबाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको

हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलमा आज काठमाडौँ र कर्णाली, सुदूरपश्चिम र चितवन भिड्दै

काठमाडाैँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल

स्याङ्जामा दुई लाख ४९ हजार मतदाता कायम

स्याङ्जा– जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले दुई हजार ५७२ मतदाताको नाम