विपद्का बेला दूरसञ्चार सेवा तयारी अवस्थामा राख्न मन्त्री तिमिल्सिनाको जोड « Khabarhub

विपद्का बेला दूरसञ्चार सेवा तयारी अवस्थामा राख्न मन्त्री तिमिल्सिनाको जोड


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विपद्को समयमा नेपाल टेलिकमलाई तयारी अवस्थामा राख्नुपर्ने बताएका छन् ।

गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण अवरुद्ध भएको दूरसञ्चार सेवा छिटो पुनःस्थापना गर्न योगदान गर्ने कर्मचारीलाई सम्मान गर्न आज आयोजित कार्यक्रममा उनले विपद्का बेला पाँच सेकेण्डअघि खबर पाउनेको जीवन बचेकाले दूरसञ्चार सेवालाई तयारी अवस्थामा राखिनुपर्नेमा जोड दिए । 

सबै सरोकार भएका सङ्घसंस्थाबीचको सहकार्य र समन्वयमा काम गरेकाले बाढी प्रभावित क्षेत्रमा छिटो दूरसञ्चार सेवा सञ्चालन गर्न सकिएको उनले बताए।

“विपद्का बेला टेलिकमका कर्मचारीले तोकिएभन्दा बढी काम गरेका छन्, जसका कारण बाढी प्रभावित क्षेत्रमा छिटो दूरसञ्चार सेवा दिन सकियो । ऊर्जा मन्त्रालयले पनि युद्धस्तरमा काम गरेर ऊर्जाका संरचना बनायो, यसले पनि दूरसञ्चार सेवा पुनः सुरु गर्न सजिलो भएको हो”, मन्त्री तिमिल्सिनाले भने।

नागरिकले टेलिकमबाट धेरै आशा गरेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले निजी कम्पनीले जस्तै छिटो सेवा दिने क्रमलाई बढाउनुपर्ने बताए। एउटा कर्मचारीले बोल्ने शब्दले कम्पनीको प्रतिष्ठामा प्रभाव पार्ने भएकाले यसतर्फ सचेत हुन पनि उनले निर्देशन दिए ।

प्रविधिले फड्को मारेको अहिलेको युगमा टेलिकममा सकारात्मक परिवर्तन देख्न खोजेको पनि मन्त्री तिमिल्सिनाले बताए। बलियो, सबल र जनमुखी टेलिकम भए सबैको हित प्रवर्द्धन हुने भएकाले त्यस अनुरूप काम गर्नुपर्नेमा पनि उनले जोड दिए । 

संस्थाको सुशासन, सबलीकरणमा काम गरेर अर्कोपटक सयौँ कर्मचारीलाई सम्मान गर्न पाइने मन्त्री तिमिल्सिनाले विश्वास व्यक्त गरे। टेलिकमलाई नागरिकको हितमा काम गर्ने कम्पनीका रुपमा विकास गर्न पनि उनले निर्देशन दिए ।

टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले यसअघि प्रत्येक वर्ष उत्कृष्ट काम गर्ने कर्मचारीलाई वार्षिकोत्सवका बेला सम्मान गर्ने गरिएकामा भोटेकोशी बाढीपछि छिटो सेवा दिन योगदान गर्नेलाई यसपटक सम्मान गरिएको उनले बताए। 

मन्त्रालयका सचिव एवं टेलिकम सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा टेलिकम वायरलेस निर्देशनालयका निर्देशक कृष्णप्रसाद भण्डारी, सम्मानितमध्येबाट इञ्जिनीयर निशान्त नेपाललगायतले विपद्का बेला अवरुद्ध भएको सेवालाई सञ्चालन गर्दाका अनुभव सुनाएका थिए ।

त्यसअघि मन्त्री तिमिल्सिनाले बबरमहलमा नवनिर्मित हुलाक प्रशिक्षण केन्द्र भवनको निरीक्षण पनि गरेका थिए । हुलाक सेवा विभागका महानिर्देशक र केन्द्रका कार्यालय प्रमुखले उनलाई नवनिर्मित भवनका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ६ : ५३ बजे

स्विट्जरल्याण्डको स्विस नेशनल काउन्सिलका राष्ट्रपति नेपाल भ्रमणमा

काठमाडाैँ – स्विट्जरल्याण्डको स्विस् नेशनल काउन्सिलका राष्ट्रपति ६ सदस्यीय संसदीय

माग्रीभिरको कडा चट्टान छिचोलियो : सडक सञ्जालमा पहुँच हुने आशा

मुगु– गमगढी-नाक्चेलाग्ना सडकअन्तर्गत मुगुम कार्मारोङ गाउँपालिकाको माग्रीभिरमा रहेको करिब ३००

बाढीपीडितलाई नगद सहायता उपलब्ध गराउनेबारे छलफल

रसुवा-भोटेकोशी, बुढीगण्डकी बाढीलगायतका विपद्‌बाट प्रभावित घरपरिवार एवं व्यक्तिहरुलाई नगद सहायता

वार्षिक कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालयलाई सरकारको निर्देशन

काठमाडौँ– सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तथा नीति