देउवालाई नेताहरूको सन्देश : विशेष महाधिवेशन कसैको छनोटको विषय होइन, विधानको बाध्यकारी व्यवस्था हो « Khabarhub

देउवालाई नेताहरूको सन्देश : विशेष महाधिवेशन कसैको छनोटको विषय होइन, विधानको बाध्यकारी व्यवस्था हो


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको आन्तरिक संकट थप गहिरिँदा विशेष महाधिवेशन पक्षधरले नेतृत्वमाथि दबाब बढाएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गर्दै विशेष महाधिवेशनको तयारी अघि बढाएपछि सभापति शेरबहादुर देउवा पक्षले कडा प्रतिवाद गरेको छ ।

विशेष महाधिवेशन पक्षधरहरूले सभापति देउवालाई स्पष्ट सन्देश दिएका छन्, ‘महाधिवेशन र विशेष महाधिवेशन छनोटको विषय होइन, यो पार्टी विधानको अनिवार्य बाध्यता हो ।’

गत असोज २९ गते २,४८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग दर्ता गरेका थिए । यो संख्या कुल प्रतिनिधिको ५४ प्रतिशतभन्दा बढी हो ।

कांग्रेस विधानको दफा १७ (२) अनुसार ४० प्रतिशतभन्दा बढी प्रतिनिधिको माग आएमा विशेष महाधिवेशन अनिवार्य रूपमा आह्वान गर्नुपर्छ ।

पक्षधरहरूको तर्क छ, नियमित महाधिवेशनलाई प्राथमिकता दिइयो तर क्रियाशील सदस्यता विवाद, अधिवेशन प्रक्रिया र समयाभावले गर्दा मंसिर–पुसभित्र सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भयो । अब विशेष महाधिवेशन नै एकमात्र वैधानिक विकल्प बाँकी छ ।

महामन्त्रीद्वयले पुस १७ गते संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगित गरेको घोषणा गरेका थिए । उनीहरूले भृकुटीमण्डपको हल पुस २७–२८ (जनवरी ११–१२) का लागि बुकिङसमेत गरिसकेका छन् ।

विशेष महाधिवेशन पक्षधरहरूले शुक्रबार भनेका छन्, ‘विशेष महाधिवेशन विधानको व्यवस्था हो, यसलाई रोक्न खोज्नु भनेको पार्टी लोकतन्त्रलाई नै चुनौती दिनु हो । सबै प्रतिनिधिलाई सहभागी हुन खुला छ, विरोध गर्नेले पनि आफ्नो मत राख्न सक्छन् ।’

यता, सभापति देउवा पक्ष भने विशेष महाधिवेशनले पार्टी फुटाउने खतरा रहेको तर्क गर्दै आएको छ । देउवाले शुक्रबार दिउँसो ३ बजे कार्यसम्पादन समिति बैठक डाकेका छन् ।

बैठकअघि देउवा आफूनिकट नेताहरूसँग छलफलमा व्यस्त छन् । संस्थापन पक्षका नेताहरूले महामन्त्रीद्वयको कदमलाई ‘केन्द्रीय समितिको निर्णय उल्टाउने प्रयास’ भन्दै असंवैधानिक भनेका छन् । सहमहन्त्री महेन्द्र यादवले भने, ‘केन्द्रीय समितिको सर्वसम्मत निर्णय सभापति वा महामन्त्रीले उल्टाउन सक्दैनन् ।’

कांग्रेसको यो विवादले आगामी फागुनमा हुने आम निर्वाचनअघि पार्टी एकतामा गम्भीर असर पर्न सक्ने विश्लेषकहरू बताउँछन् ।

विशेष महाधिवेशन भए नयाँ नेतृत्व चयन हुनेछ, जसले देउवा नेतृत्वलाई चुनौती दिन सक्छ । तर नभए विधान उल्लङ्घनको आरोप लाग्नेछ ।

पक्षधरहरूको सन्देश स्पष्ट छ, ‘यो व्यक्तिगत इच्छा वा छनोटको कुरा होइन, विधानको मर्म र महाधिवेशन प्रतिनिधिको भावनाको सम्मानको विषय हो।’

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यो विवादको निकास दिने अपेक्षा गरिएको छ, तर सहमति जुट्न कठिन छ । कांग्रेसको यो संकटले नेपालको प्रमुख प्रतिपक्षी दलको संगठनात्मक स्वास्थ्यमा गम्भीर प्रश्न उठाएको छ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १२ : १८ बजे

लुम्बिनी रोड रेस प्रतियोगितामा नेपाली सेनाका खड्का र न्यौपाने विजयी

घोराही (दाङ)- ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १०

गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती हटाउने कार्य आजदेखि

युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते

युक्रेन– युक्रेनको पूर्वी डिनिप्रो शहरमा भएको पछिल्लो रूसी आक्रमणमा  दुई

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ :चार परिवारलाई कीर्तिपुर पठाइयो

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासी र

दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

बागमती– सत्तारुढ दलबीच सहमति नहुँदा बागमती प्रदेशसभाको सभामुख चयन प्रक्रिया