विशेष महाधिवेशन रोक्न देउवाकहाँ २५ नेता, भने : हस्तक्षेप गरेर पार्टी विभाजन रोक्नुस् « Khabarhub

विशेष महाधिवेशन रोक्न देउवाकहाँ २५ नेता, भने : हस्तक्षेप गरेर पार्टी विभाजन रोक्नुस्


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


975
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विशेष महाधिवेशनलाई लिएर नेपाली कांग्रेसभित्र विवाद तीव्र बनिरहेका बेला २५ जना केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले चाहेअनुसार विशेष महाधिवेशन भएमा त्यसले कांग्रेसलाई विभाजनतर्फ लैजान सक्ने भन्दै सभापति देउवालाई भेटेर उनीहरूले हस्तक्षेप गर्न भनेका हुन् ।

देउवा निवास महाराजगञ्ज पुगेका ती नेताहरूले महामन्त्रीद्वय थापा र शर्माले अघि सारेको विशेष महाधिवेशनको प्रस्तावले पार्टीलाई संकटमा पारेको जिकिर गरे । यही बिहीबारमात्रै महामन्त्रीद्वयले नियमित महाधिवेशनको कार्यतालिका रोकेर विशेष महाधिवेशनको मिति घोषणा गरेका थिए । उनीहरूले भृकुटीमण्टपको हलसमेत बुक गरिसकेका छन् ।

२५ केन्द्रीय सदस्यमध्ये नेतृ पुष्पा भुसालले एक पक्षीय रूपमा विशेष महाधिवेशनमा लैजाँदा पार्टी फुटको जोखिममा परेको सुनाएकी छन् । उनले पार्टीको अभिभावकका रूपमा यसलाई जोगाउने मुख्य जिम्मेवारी सभापति देउवाको भएको बताइन् ।

२३ केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनको साटो क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंग्याएर चाँडो भन्दा चाँडो वडा अधिवेशन गर्नुपर्ने माग राखेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गर्दै विशेष महाधिवेशनको तयारी अघि बढाएपछि सभापति शेरबहादुर देउवा पक्षले कडा प्रतिवाद गरेको छ ।

यता विशेष महाधिवेशन पक्षधरहरूले सभापति देउवालाई स्पष्ट सन्देश दिएका छन्, ‘महाधिवेशन र विशेष महाधिवेशन छनोटको विषय होइन, यो पार्टी विधानको अनिवार्य बाध्यता हो ।’

गत असोज २९ गते २,४८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग दर्ता गरेका थिए । यो संख्या कुल प्रतिनिधिको ५४ प्रतिशतभन्दा बढी हो ।

कांग्रेस विधानको दफा १७ (२) अनुसार ४० प्रतिशतभन्दा बढी प्रतिनिधिको माग आएमा विशेष महाधिवेशन अनिवार्य रूपमा आह्वान गर्नुपर्छ ।

पक्षधरहरूको तर्क छ, नियमित महाधिवेशनलाई प्राथमिकता दिइयो तर क्रियाशील सदस्यता विवाद, अधिवेशन प्रक्रिया र समयाभावले गर्दा मंसिर–पुसभित्र सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भयो । अब विशेष महाधिवेशन नै एकमात्र वैधानिक विकल्प बाँकी छ ।

महामन्त्रीद्वयले पुस १७ गते संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगित गरेको घोषणा गरेका थिए । उनीहरूले भृकुटीमण्डपको हल पुस २७–२८ (जनवरी ११–१२) का लागि बुकिङसमेत गरिसकेका छन् ।

विशेष महाधिवेशन पक्षधरहरूले शुक्रबार भनेका छन्, ‘विशेष महाधिवेशन विधानको व्यवस्था हो, यसलाई रोक्न खोज्नु भनेको पार्टी लोकतन्त्रलाई नै चुनौती दिनु हो । सबै प्रतिनिधिलाई सहभागी हुन खुला छ, विरोध गर्नेले पनि आफ्नो मत राख्न सक्छन् ।’

यता, सभापति देउवा पक्ष भने विशेष महाधिवेशनले पार्टी फुटाउने खतरा रहेको तर्क गर्दै आएको छ । देउवाले शुक्रबार दिउँसो ३ बजे कार्यसम्पादन समिति बैठक डाकेका छन् ।

बैठकअघि देउवा आफूनिकट नेताहरूसँग छलफलमा व्यस्त छन् । संस्थापन पक्षका नेताहरूले महामन्त्रीद्वयको कदमलाई ‘केन्द्रीय समितिको निर्णय उल्टाउने प्रयास’ भन्दै असंवैधानिक भनेका छन् । सहमहन्त्री महेन्द्र यादवले भने, ‘केन्द्रीय समितिको सर्वसम्मत निर्णय सभापति वा महामन्त्रीले उल्टाउन सक्दैनन् ।’

यी दुई पक्षबीचको द्वद्वले कांग्रेसको आन्तरिक राजनीति जटिल भएको छ। फागुन २१ मा चुनाव घोषित भएको अवस्थामा कांग्रेस भने विभाजनको डिलमा पुगेको छ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १ : ०५ बजे

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी