राप्ती गाउँपालिकामा ‘करारखेती’ कार्यक्रम प्रभावकारी बन्दै « Khabarhub

राप्ती गाउँपालिकामा ‘करारखेती’ कार्यक्रम प्रभावकारी बन्दै


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको राप्ती गाउँपालिकाले सञ्चालन गरेको करारखेती कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जग्गा भाँडामा लिएर खेती गर्ने कृषकलाई लक्षित गरी लागू गरिएको यस कार्यक्रममा उत्साहका साथ कृषक सहभागी भएका छन् । 

गाउँपालिकाले लागू गरेको ‘स्वरोजगारका लागि युवा लक्षित करारखेती’ कार्यक्रममार्फत ३२ जना कृषकले करिब २८ बिघा क्षेत्रफल जमिन भाडामा लिई अहिले विभिन्न खेती गरिरहेका छन् । 

आफ्नै जग्गा नभएका तर कृषि पेसामा संलग्न हुन चाहने युवालाई कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । यसका लागि कृषकले न्यूनतम पाँच कठ्ठादेखि अधिकतम एक बिघासम्म जग्गा भाँडामा लिएर खेती गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए । 

एक वर्षको बालीका लागि कम्तीमा तीन वर्ष र बहुवर्षीय बालीका लागि १५ वर्षको करार सम्झौता अनिवार्य गरिएको अध्यक्ष विष्टले जानकारी दिए । ‘यो कार्यक्रमले दीर्घकालीन कृषि लगानीलाई प्रोत्साहन गरेको छ । बेरोजगार युवालाई स्वदेशमा कृषिमार्फत रोजगारी सिर्जना गर्दै पालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो’, उनले भने । 

अध्यक्ष विष्टका अनुसार यो कार्यक्रम आर्थिक वर्ष २०७९/८० देखि लागू गरिएको हो । कार्यक्रमअन्तर्गत एक वर्षमा कम्तीमा दुई नगदेबाली खेती गरेको हुनुपर्ने शाखा प्रमुख बरसाती गडरियाले जानकारी दिए ।

उनका अनुसार छनोट भएका कृषकले पहिलो वर्ष जग्गा भाडाको शतप्रतिशत, दोस्रो वर्ष ५० प्रतिशत र तेस्रो वर्ष २५ प्रतिशतसम्म अनुदान प्राप्त गर्ने व्यवस्था गरिएको छ । रासस

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  १ : ५० बजे

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री