आलोपालो दिवा खाजा बनाउँछन् भाग्योदयका अभिभावक « Khabarhub

आलोपालो दिवा खाजा बनाउँछन् भाग्योदयका अभिभावक


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको भीरकोट नगरपालिका–६ उजेलीडाँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयका अभिभावकले विद्यालयमै उपस्थित भएर दिवा खाजा बनाउने गरेका छन् ।

नेपाल सरकारले बाल सिकाइदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई निःशुल्क दिवा खाजा उपलब्ध गराएकाले अभिभावकले आलोपालो विद्यालयमा उपस्थित भएर खाजा बनाएर खुवाउने गरेका हुन् । 

विद्यालयमा बाल विकासदेखि कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा पकाउनका लागि छुट्टै चमेना गृह सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक रेशम खनालले बताए ।

‘बाल विकासदेखि कक्षा ६ सम्म अध्ययन गर्ने विद्यार्थीलाई छ बार छ प्रकारका खाना बनाउनका लागि विद्यालयले एक जना भान्से नियुक्त गरेको छ’, उनले भने, ‘एक जना भान्सेले मात्रै सबै विद्यार्थीलाई खाना बनाएर खुवाउन अप्ठ्यारो हुने भएकाले अभिभावकहरूले सहयोग गर्दै आउनुभएको छ ।’

विद्यालयले दिवा खाजाको व्यवस्थापनका लागि अभिभावकको भेला राखेर प्रत्येक दिन तीन जना अभिभावक विद्यालयमा उपस्थित भएर दिवा खाना, खाजा बनाउने निर्णय गरेसँगै अभिभावक नियमित आउने गरेको उनले बताए  । विद्यालयले अभिभावकको नामावली सहितको तालिका बनाएर दिवा खाजा बनाउन अभिभावकलाई जानकारी गराउँदै आएको छ ।

बाल विकासदेखि कक्षा ६ सम्म अध्ययनरत बालबालिकालाई प्राप्त भएको दिवा खाजाबापतको रकमले खाजा खुवाउन पनि अपुग हुने भएकाले विद्यालयले आन्तरिक व्यवस्थापन गरी अघाउन्जेल खाना, खाजा खुवाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छायाराम खनालले बताए ।

‘आइतबारदेखि शुक्रबारसम्म बालबालिकालाई बारअनुसार फरक फरक खाना, खाजाका परिकार बनाएर खुवाउँछौँ,’ उनले भने, ‘अभिभावकहरूले आलोपालो विद्यालयमा उपस्थित भएर खाना, खाजा बनाएर सहयोग त गर्नुभएकै छ, त्यसको अलावा मासिक रुपमा रु २०० पनि खाजाबापतको रकम भुक्तानी दिनुहुन्छ ।’

नमूना विद्यालयका रुपमा रहेको यस विद्यालयले विद्यालय परिसरमै पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत च्याउ, विभिन्न तरकारी र ड्रागन फ्रुटसमेत लगाएको छ । बाल विकासदेखि कक्षा ६ सम्म दैनिक १८५ बालबालिकाले खाना, खाजा खाने गरेका भान्से सरिता रेग्मीले बताइन् ।

‘कुन बार कुन परिकार बनाउने भन्ने तालिका छ सोही अनुसार छुट्टाछुट्टै बार छुट्टाछुट्टै परिकार पकाउने गर्छौँ’, उनले भनिन्, ‘धेरै जना विद्यार्थी हुँदा खाना बनाउन, खुवाउन समस्या हुने गरेकाले दैनिक तीन÷तीन जना आलोपालो गरेर अभिभावक आएर खाजा बनाउने खुवाउने गर्छौँ ।’ 

सो विद्यालयमा बाल विकासदेखि कक्षा १२ सम्म पढाइ हुने गरेको छ । कक्षा ७ देखि १२ सम्मका विद्यार्थीका लागि खाजाका लागि विद्यालय परिसरमै छुट्टै चमेना गृहको व्यवस्था रहेको छ । रासस
 

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  २ : २४ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष