विश्वप्रकाशको दाबी : विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आउँछ, कांग्रेस फुट्दैन « Khabarhub

विश्वप्रकाशको दाबी : विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आउँछ, कांग्रेस फुट्दैन


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टीलाई विभाजन होइन, एकताबद्ध गर्दै नयाँ नेतृत्वतर्फ लैजाने स्पष्ट पारेका छन् । विशेष महाधिवेशनका कारण कांग्रेस फुट्ने आशंका निराधार भएको उनको भनाइ छ ।

पुस २६ गतेदेखि हुने गरी गत मंसिर १५ गते तय गरिएको १५औँ महाधिवेशन निर्धारित समयमा हुन नसक्ने भएपछि कांग्रेसभित्र विवाद चुलिएको छ । यही सन्दर्भमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गर्दै विशेष महाधिवेशनको घोषणा गरेका थिए ।

यसै विषयमा छलफल गर्न ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारको कार्यसम्पादन, पार्टीको आन्तरिक संगठन र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

बैठकमा सहभागी हुन जाने क्रममा पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माेले कांग्रेसले विगतमा सशस्त्र विद्रोहजस्ता जटिल विषयहरू समेत समाधान गरेको स्मरण गराए । ‘विधानको व्यवस्थाअनुसार अघि बढ्दा कांग्रेस फुट्दैन, एक ढिक्का भएर अघि बढ्छ,’ उनले भने ।

देशभरबाट पार्टी फुट्ने चिन्ता व्यक्त गर्दै फोन आएको उल्लेख गर्दै शर्माले अहिलेको परिस्थितिमा नयाँ नेतृत्व र नयाँ नीतिसहित अघि बढ्नु आवश्यक रहेको बताए । ‘मिति मात्रैका कारण नियमित महाधिवेशन रोकिएको हो । त्यसको विकल्पका रूपमा विशेष महाधिवेशन प्रस्ताव गरिएको हो,’ उनले स्पष्ट पारे ।

विशेष महाधिवेशनको कार्यतालिका पनि शर्माले सार्वजनिक गरे । उनका अनुसार पुस २६ गते एक घण्टा उद्घाटन सत्र हुनेछ । त्यसपछि सुशासन, समसामयिक राजनीति र जेन–जीसँग सम्बन्धित एजेन्डा पारित गरिनेछ । सोही दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुने र भोलिपल्ट बिहानदेखि मध्याह्नसम्म नयाँ नेतृत्व चयन गरिने योजना छ ।

‘पार्टी फुटाउने कुनै एजेन्डा छैन,’ शर्माले भने, ‘कांग्रेस एक ठाउँमा उभिनका लागि पनि विशेष महाधिवेशन आवश्यक छ ।’

कुनै हालतमा नेपाली कांग्रेस विभाजित नहुने दाबी गर्दै उनले सद्भाव, सुशासन र समुन्नतिको यात्रामा अघि बढ्न कांग्रेस प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ४ : २७ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष