साप्ताहिक अर्थसंक्षेप : ७ सय उद्योग थपिँदा उत्पादन क्षमतामा घट्यो, महाकाली सन्धिको तीन दशकमा पनि बगेन नेपालतिर पानी, सन् २०२५ मा सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड, चाँदीको विदेशी मुद्रा सटही सुविधामा मासिक कोटा « Khabarhub

साप्ताहिक अर्थसंक्षेप : ७ सय उद्योग थपिँदा उत्पादन क्षमतामा घट्यो, महाकाली सन्धिको तीन दशकमा पनि बगेन नेपालतिर पानी, सन् २०२५ मा सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड, चाँदीको विदेशी मुद्रा सटही सुविधामा मासिक कोटा


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण

बर्दघाट सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का उमाशंकर चौधरीले दुई हेक्टर क्षेत्रफलमा आलुखेती गर्दै आएका छन् ।

तोरी बालीको तुलनामा आलुखेतीमा बढी उत्पादन हुने आम्दानी बढी लिन सकिने भएकाले उहाँ चार वर्षदेखि व्यावसायिक आलुखेतीमा जोडिएका हुन् ।

आलुखेतीका लागि उपयुक्त वातावरणसँगै बजारको पनि समस्या नरहेकाले तोरी र गँहु उत्पादन हुने जमिनमा आलुखेती गरेको चौधरीले बताए। उनका अनुसार गत वर्ष पाँच लाखको आलु बिक्री भएको थियो ।

घट्यो पेट्रोलियम पदार्थको मूल्य

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

धोवीखोला नदी करिडोर सडक धमाधम मर्मत गरिँदै

नारायणगढ–गैँडाकोट आइकोनिक केबल–स्टेड पुल निर्माणले लियो गति

नेपालको औद्योगिक क्षेत्र : ७ सय उद्योग थपिए, तर उत्पादन क्षमतामा भने घट्यो

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन २०८१/८२’ को प्रतिवेदनले मुलुकको औद्योगिक क्षेत्रमा मिश्रित नतिजा देखाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा ७ सय नयाँ उद्योगहरू दर्ता भई लगानी र रोजगारीका नयाँ प्रतिबद्धताहरू आए तापनि सञ्चालनमा रहेका उद्योगहरूको औसत क्षमता उपयोगमा भने गिरावट आएको छ ।

समीक्षा अवधिमा उद्योग विभागमा कुल ७ सय नयाँ उद्योगहरू दर्ता भएका थिए । जसमा ६८ वटा ठूला, ५४ वटा मझौला र ५७८ वटा साना उद्योगहरू रहेका छन् । यी उद्योगहरूमा कुल २५ खर्ब ८१ अर्ब १८ करोड रुपैयाँ पुँजी परिचालन हुने र ३५ हजार १४१ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको थियो ।

दर्ता भएका उद्योगहरूमध्ये पर्यटन क्षेत्रमा सबैभन्दा बढी २३५, सेवा क्षेत्रमा ११० र उत्पादनमूलक क्षेत्रमा १०६ वटा रहेका थिए । समीक्षा अवधिमा प्रादेशिक आधारमा हेर्दा बागमती प्रदेशमा सबैभन्दा धेरै ५४३ वटा उद्योग दर्ता भएका थिए भने कर्णाली प्रदेशमा सबैभन्दा कम १ वटा मात्र उद्योग दर्ता भएको प्रतिवेदनले देखाएको छ ।

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा काम अधुरै

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

रसुवागढी नाका आजदेखि सञ्चालन

महाकालीसन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

नेपाल–भारतबीच महाकालीसन्धि भएको तीन दशक पूरा भइसकेपनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूलनहरमा भने पानी बग्ने सुरसार छैन ।

महाकालीसन्धि अनुसार भारतले टनकपुर बाँधबाट सुक्खायाममा तीन सय क्युसेक तथा वर्षायाममा एक हजार क्युसेक पानी नेपालतर्फ पठाउनुपर्छ । भारतले टनकपुरबाट सन्धिअनुसारकै पानी छोडेमा उपयोग गर्ने गरी सिँचाइ पूर्वाधार केही हदसम्म तयार भएका छन् ।

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ

एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

सन् २०२५ मा सुन र चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

सन् २०२५ सुन र चाँदीको मूल्यका लागि सन् १९७९ पछिको सबैभन्दा ठूलो वृद्धि भएको वर्ष बनेको छ । यो वर्ष सुनको मूल्यमा ६० प्रतिशत भन्दा बढीले वृद्धि भई प्रति औंस ४ हजार ५४९ डलर भन्दा माथिको ऐतिहासिक रेकर्ड कायम भएको भयो ।

यद्यपि अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा यो घटेर करिब ४ हजार ३१० डलरमा कायम भएको छ । यस्तै, चाँदीको मूल्य पनि गत सोमबार प्रति औंस ८३.६२ डलरको कीर्तिमानी उचाइमा पुगेकोमा आज यतिबेलासम्म ७१ डलरको आसपासमा कारोबार भइरहेको छ ।

शिखर पावर डेभलपमेन्टले ३२ लाख कित्ता आईपिओको लागि पायो स्वीकृति

चुनावी खर्चबारे आएका समाचारमा निर्वाचन आयोगको स्पष्टिकरण

गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम  गर्न काम थालियो

यातायात कार्यालयबाट बाह्र करोड बढी राजस्व संकलन

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय एवं सेवा कार्यालयबाट १२ करोड बढी राजस्व संकलन भएको छ ।

कर्णाली प्रदेशका तीन ठाउँमा रहेका यातायात व्यवस्था कार्यालयबाट चालु आर्थिक वर्षको पाँच महिनामा १२ करोड ५७ लाख ७० हजार ६५९ राजस्व संकलन भएको मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर रमेश सुवेदीले जानकारी दिए ।

यातायात क्षेत्रको आम्दानी, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, सवारीसाधन कर, प्रशासनिक दण्ड जरिवाना र जफत बापतको रकम संकलन गरिएको हो ।

नेपालगञ्ज भन्सारबाट पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

मेची भन्सार कार्यालय : पेट्रोलियम आयतबाट पाँचमहिनामा करिब ४ अर्ब राजस्व सङ्कलन

‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८’ संशोधन

नेपाल राष्ट्र बैंकले विदेशी लगानी र ऋण व्यवस्थापनलाई थप व्यवस्थित, सरल र सहज बनाउन ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा पाँचौँ संशोधन जारी गरेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले मिति २०८२-०९-१४ मा परिपत्र जारी गर्दै नयाँ व्यवस्थाहरू कार्यान्वयनमा ल्याएको हो ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले दिएको अधिकार प्रयोग गरी ल्याइएको यस संशोधनको मुख्य उद्देश्य विदेशी लगानी आकर्षित गर्नु र आर्थिक क्रियाकलापलाई सहज बनाउनु रहेको जनाइएको छ ।

विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभियो भारत 

यातायात कार्यालयबाट बाह्र करोड बढी राजस्व संकलन

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

चन्द्रप्रसाद ढकालको गुनासो- निजी क्षेत्र ढुक्क भएर लगानी गर्न सक्ने वातावरण भएन

निजी क्षेत्र ढुक्क भएर लगानी गर्न सक्ने वातावरण नभएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।

आज नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ शीर्षकको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले समृद्धिका लागि निजी क्षेत्र संरक्षणको विषय ओझेलमा परेको बताए ।

‘समृद्धिका लागि निजी क्षेत्रको संरक्षणको विषय भने अझै पनि ओझेलमा परेको हामीलाई भान भएको छ । निजी क्षेत्रले निर्बाध रुपमा काम गर्न पाउने वातावरणको ग्यारेन्टी अझै पनि हुन सकेको छैन, निजी क्षेत्र अझै पनि ढुक्क भएर लगानी गर्न सक्ने अवस्थामा छैन’, उनले भने, ‘गलत काम गर्नेहरूमाथि कारबाही नहुँदा दण्डहीनता मौलाउँदै जाने हो कि भन्ने आशङ्का बढ्नु स्वाभाविकै हो, उद्यमी र उद्यमशीलता विकासका लागि सहज नीतिगत व्यवस्था, निजी क्षेत्रको सम्मान, निर्बाध पेशा व्यवसाय गर्न पाउने सुनिश्चितता र सम्पत्तिको सुरक्षा महसुस नगर्दासम्म मुलुकमा लगानी हुँदैन ।’

ऐतिहासिक सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउँदै

‘अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि कूटनीतिक पहल आवश्यक’ 

तीन दिनदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सहज हुन सकेन

म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्छ : राष्ट्रपति सी

चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ६ : ५४ बजे

बुद्धको अर्काे जहाज टेक्निकल टिम लिएर गयो झापा

काठमाडौँ – झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त जहाजबारे अध्ययन गर्नका लागि

असहाय ज्येष्ठ नागरिक र एकल महिलालाई सिरक वितरण

सिरहा – सिरहाको लहान नगरपालिकाले चिसो मौसमलाई मध्यनजर गर्दै ४५

झापामा दुर्घटनामा परेको जहाजमा थिए ५१ जना, सबै सकुशल

काठमाडौँ – झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त बुद्ध एयरको जहाजमा ५१

सरकार र निकोलस भुसालबीच ६ बुँदे सम्झौता, ११ औं दिनमा तोडियो अनशन

काठमाडौं – नेपाल सरकार र अनसनरत डा. निकोलस भुसाल (कमल

भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज चिप्लियो

काठमाडौँ- झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटनामा परेको छ