हिमाली भेगको पीडा- पाँच हजार मिटरको हिउँ नाघेर कसरी मत खसाल्ने ? « Khabarhub

हिमाली भेगको पीडा- पाँच हजार मिटरको हिउँ नाघेर कसरी मत खसाल्ने ?

आयोग भन्छ– महिना दिनपछि मौसम सुध्रिन्छ



काठमाडौं – निर्वाचन आउन एक महिना बाँकी छ । निर्वाचन आयोगले हरेक प्रदेश र जिल्लाहरुमा निर्वाचन कार्यालय स्थापना गरी अधिकृतहरु खटाइसकेको छ ।

तर हिउँदको समयमा हिमाली क्षेत्र हिउँले पुरिएको छ । हिमाली क्षेत्रका नागरिक चिसोबाट बच्न अधिकांश बेँसी झरेका छन् । यस्तो अवस्थामा मतदाताले कसरी आफ्नो मत खसाल्छन् ? भन्नेमा शां‌का उब्जिएको छ ।

हिमाली क्षेत्रका बासिन्दा विशेष गरी मंसिर लागेपछि बेसी झर्छन् । र त्यस्तै हिउँ पग्लिएपछि चैतको अन्तिम वा वैशाखबाट उकालो लाग्छन् । तर यतिबेला प्रतिनिधि सभाको निर्वाचन तय भएको छ । विभिन्न जिल्लाका अधिकृत तथा कर्मचारी यही अवस्था रहे हिमाली क्षेत्रमा मतदान गराउन कठिन हुने बताउँछन् ।

आधा जनसंख्या उपल्लो भेगमै रहने र आधा बेँसी झर्ने हुँदा मतदानस्थल कसको लागि सहजीकरण गर्ने भन्नेमा अधिकृत छलफलमा रहेका छन् । त्यसैगरी अर्को मतदान गर्ने ठूलो हिस्सा भारतको रोजगारीमा गएका कारणले उनीहरुलाई सकेसम्म मतदान गर्ने वातावरण बनाउन कठिन भएको उनीहरुको भनाइ छ । हिउँ परिनै राख्यो भने के–कसरी मतदान गर्ने वातावरण बनाउन सकिन्छ ? भन्ने विषयमा हिमाली जिल्लाका अधिकारीहरुले केन्द्रको निर्णय पर्खिएको बताएका छन् ।

हिउँ परिनै राख्यो भने के–कसरी मतदान गर्ने वातावरण बनाउन सकिन्छ ? भन्ने विषयमा हिमाली जिल्लाका अधिकारीहरुले केन्द्रको निर्णय पर्खिएको बताएका छन् ।

अहिलकै स्थितिमा मतदातालाई केन्द्रमा पुर्याउन निकै कठिन
डोल्पा निर्वाचन अधिकृत दिलकृष्ण श्रेष्ठले अहिलकै स्थितिमा मतदातालाई मतदान स्थलमा पुर्याउन निकै कठिन हुने बताउँछन् । उनले खबरहससँग कुरा गर्दै भने, ‘तीन वटा पालिका माथिल्लो डोल्पामा पर्छ । यो बीचमा दुईपटक हिउँ परिसक्यो । दुनै बजारसम्मै दुईपटक परिसक्यो । अहिले कर्मचारी हेलिकप्टरबाटै ल्याउने र लाने गरिएको छ । मतदानस्थल अहिले हिउँले भरिएको छ । अहिलेकै स्थिति रहने हो भने मतदातामाथि पुगेर मतदान गर्न सक्दैनन् ।’

‘तर एक महिना पछाडि हिउँ पग्लियो भने सहजता हुँदै जान्छ । कर्मचारीमात्रै पुगेर भएन, मतदाता पनि पुग्न सक्न पर्यो । सबैलाई हेलिकप्टरबाट ल्याउन र लान पनि सम्भव छैन । तल झरेका मतदाता माथि लैजान गाह्रै छ । मतदान केन्द्र पाँच हजार मिटरमाथिको डाँडा कटेर जानुपर्छ । त्यो डाँडो कट्ने सम्भावना छैन, उनी थप भन्छन्, ‘करिब पचास प्रतिशत मतदाता सदरमुकाम दुनै, नेपालगञ्ज, सुर्खेत र काठमाडौं छन् । उनीहरुलाई मतदानस्थल पुग्न कठिन हुनेछ ।’

मतदातालाई मतदानस्थलामा के–कसरी पुर्याउने भन्ने बारेमा केन्द्रले हालसम्म कुनै निर्णय नदिएको श्रेष्ठको भनाइ छ । केन्द्रले व्यवस्थापनको बारेमा कार्ययोजना बनाउँदै होला । अब केही दिनमा पक्कै आउला । केन्द्र तलै झार्ने भन्ने विषयमा निर्णय आइसकेको छैन । तलै झार्न पनि अर्को समस्या के छ भने आधा मतदाता माथि नै छन् फेरि । तलकोलाई माथि ल्याउन र माथिकोलाई तल ल्याउन कुरा उही छ । एक हेलिमा कति कर्मचारी कसरी लैजाने भनेर निर्णय गर्ने तयारीमै छौं’ उनले भने ।

‘एक महिनापछि हिउँ पग्लियो भने हिँडेरै जाने हो । तर मौसमको बारेमा अहिले केही भन्न सकिन्न । बादल लागिरहेकै छ । फेरि हिउँ पर्ने सम्भावना उत्तिकै देखिन्छ । चैतको दोस्रो हप्तातिरबाट मौसम खुला हुने भएकाले नागरिकहरु त्यसपश्चात मात्रै आफ्नो घर फर्किन्छन् , श्रेष्ठ थप्छन्, ‘यहाँको उपयुक्त समय वैशाखपछि हो । अब चुनाव हिमालको मौसम हेरेर तय भएन । तथापी निर्वाचन आयोग र नेपाल सरकारले सबैतिर एकै समयमा निर्वाचन सक्नुपर्ने निर्देशन अनुसार तयारी गरिरहेका छाैँ ।’

‘एक महिनापछि हिउँ पग्लियो भने हिँडेरै जाने हो । तर मौसमको बारेमा अहिले केही भन्न सकिन्न । बादल लागिरहेकै छ । फेरि हिउँ पर्ने सम्भावना उत्तिकै देखिन्छ ।

हिउँ नपर्ने क्षेत्रमा मतदान केन्द्र रहन्छ
त्यसैगरी ताप्लेजुङ निर्वाचन अधिकृत धनराज श्रेष्ठले हिउँ परेको स्थितिमा पनि मतदातालाई कसरी सहजीकरण गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए । खबरहबसँगको कुराकानीमा उनले भने, ‘मतदान गर्न सहज हुने गरी तयारीमा जुटेका छौं । हिउँ नपर्ने क्षेत्रमा केन्द्र रहन्छ । यहाँका नागरिक तल बेँसी झर्ने गर्छन् । अधिकांश मतदाता बेँसीमै रहने हुँदा तलै मतदान केन्द्र रहन्छ । त्यसले गर्दा कर्मचारी र मतदाता सबैलाई सहजीकरण हुन्छ ।’

‘निर्वाचन आयोगले गर्ने सचेतनाको बारेमा कुनै निर्णय यतिबेला आइसकेको छैन । दलका नेताहरुले भने कष्ट सहेर पनि चुनाव प्रचारमा खटिएको देखिन्छ । तर हिमाली भेगमा तराईजस्तो जस्तो चुनाव प्रचारको ठूलो जमात वा लहर देखिदैन, श्रेष्ठ थप भन्छन्, ‘नेताहरुले आफ्ना निकटका मान्छेहरु लिएर खटिनुभएको छ । सम्भवत सबै मतदाताको घरघरमा पुग्न यहाँ समस्या छ ।’ साथै उनले केन्द्रले गर्ने निर्देशनको पालनाको लागि जिल्लाको कर्मचारी तम्तयार अवस्थामा रहेको जानकारी दिए ।

अधिकांश मतदाता भारतको रोजगारीमा
त्यस्तै जुम्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नारायणी आचार्यले मतदान केन्द्रको अवलोकन गरेर आएको जानकारी दिइन् । उनले भनिन्, ‘तीन दिन भयो अवलोकन गरेर फर्किएको पनि । सदरमुकामबाट टाढा र अप्ठ्यारोमा तीन वटा मतदान केन्द्र छन् ।’

हिमालको मान्छेले त्यत्तिको अप्ठ्यारालाई स्वभाविक मान्छन् । मतदानस्थल पुग्न धेरै गाह्रो होइन । तर मतदाता अधिकांश भारतको रोजगारी लगायत वैदेशिक रोजगारमा छन् । कार्यालय गर्ने सहजीकरण सजिलो छ तर मतदाता अत्यन्त कम छन् ।’

जुम्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नारायणी आचार्यले मतदान केन्द्रको अवलोकन गरेर आएको जानकारी दिइन् । उनले भनिन्, ‘तीन दिन भयो अवलोकन गरेर फर्किएको पनि । सदरमुकामबाट टाढा र अप्ठ्यारोमा तीन वटा मतदान केन्द्र छन् ।’


‘चुनाव प्रचारप्रसारमा कर्मचारीले सहयाग गर्ने विषय होइन । तर उम्मेदवारहरु हिँडिरहनुभएको छ । भोट माग्न हिँडिरहेको देखिरहेका छौ । कष्टै भए पनि उहाँहरु खटिनुभएको छ’ आचार्य थप भन्छिन्, ‘फेरि बादल लाग्न सुरु भएको छ । सरसर्ती हेर्दा मौसम अझै हिउँ पर्ने देखिन्छ । सदरमुकाममा धेरै समस्या छैन, माथितिर हिउँ परेर समस्या हुने अवस्था देखिन्छ । फागुनको अन्तिमतिरबाट बेँसीबाट फर्किने गर्छन् ।’

हिउँ परेको अवस्थामा के गर्ने भन्ने बारेमा निर्णय हुन बाँकी
हिउँ परिहाल्यो भने के गर्ने भन्ने बारेमा निर्णय हुन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् । उनले भने, ‘अनुमानको भरमा एक महिना पछाडिको मौसम यस्तै हुन्छ भनेर कसरी भन्ने ? जल तथा मौसम विभागसँग तथ्याङ्क लिइएको छ । तर अझै धेरै समय बाँकी रहेकाले विभागले पनि यकिन यही हुन्छ मौसम भनेर भन्न सकेको छैन ।’

‘उसले एकहप्तासम्मको मात्रै जानकारी दिन सक्छ । त्यो सबै प्राप्त गरिसकेपछि अवस्था के हुन्छ ? त्यसकै आधारमा निर्णय हुन्छ । हिमाली भेगको निर्वाचनको विषयलाई लिएर अहिले नै अत्तालिनु पर्ने छैन । स्थानीय तह लगायत जिल्लाबाट सूचना प्राप्त भइरहेको छ । चुनाव गराउन असम्भवै होला भन्ने लाग्दैन’, भट्टराईले भने ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  १० : ३० बजे

कञ्चनपुरका सीमसार तथा ताल तलैयाको अस्तित्व संकटमा

कञ्चनपुर– जलवायु परिवर्तन, बढ्दो प्रदूषण र मानवीय अतिक्रमणका कारण कञ्चनपुरका

बुद्धको सन्देश बोकेका भिक्षुहरूको अमेरिकामा ‘लङ्ग मार्च’

वाशिङ्गटन डिसी – अमेरिकामा जनवरी महिना यसै चिसो हुन्छ ।

स्वास्थ्य बीमाले ओपीडी सेवा घटाउँदै, वर्षमा २५ हजारको मात्रै सुविधा पाइने 

काठमाडौं– स्वास्थ्य बीमाबाट बीमित बिरामीले एक आर्थिक वर्षमा बहिरंग (ओपीडी)

जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र

साउथ सुपरस्टार रामचरण बने जुम्ल्याहा सन्तानका पिता

काठमाडौँ– दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता रामचरण र उनकी पत्नी