खरानीबाट उठेर नागरिकको सेवामा समर्पित छौँ : महानिरीक्षक कार्की « Khabarhub

खरानीबाट उठेर नागरिकको सेवामा समर्पित छौँ : महानिरीक्षक कार्की


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अनेकौँ उतार चढावकाबीच प्रहरी संगठन धुलो टक्टक्याएर खरानीबाट उठ्दै पुनः नागरिकको सेवामा समर्पित रहेको बताएका छन् । 

सोमबार काठमाडौंमा प्रहरी निरीक्षक आधारभूत तालिम १८३ औं समूह दीक्षान्त समारोहमा प्रहरी महानिरीक्षक कार्कीले सात दशकको इतिहास बोकेको प्रहरीले अनेकौँ उतार चढाव, जलन र दलनका बाबजुद हिम्मतका साथ अझ दरो भई नागरिकको सेवामा अनवरत समर्पित रहेको बताएका हुन् ।

यसबीचमा भएका विभिन्न घटनाक्रमपछि धुलो टक्टक्याएर खरानीबाट उठ्दै फेरि पुनः नागरिकको सेवामा समर्पित भएको र आफ्नो जिम्मेवारी अटल रूपमा निर्वाह गरेको उनले बताए ।

उनले नागरिकका अनगिन्ती समस्या, असीमित अपेक्षाहरूको सामना, समाधान र सहजीकरण गर्दै प्रहरीले जहिले प्रथम पंक्तिमा उभिएर सरकारको उपस्थिति जनाएको धारणा राखे । 

कार्कीले समय, युग तथा परिवेश अनुसार राज्यको फास्ट रेस्पोन्डर र कानुन कार्यान्वयन गर्ने निकायमा कार्यगत स्वायत्तता, वैज्ञानिकीकरण र साधन स्रोतमा युग परिवर्तन सुहाउँदो सरकारको लगानी आवश्यक रहेको उल्लेख गरे ।

हालको समयमा प्रहरीको जिम्मेवारी, चुनौती, अवसर र दायित्व वृद्धि हुँदै गएको स्मरण गराउँदै उनले अझ लगनशील हुन निर्देशन दिए  । 

दीक्षित भएका प्रहरी निरीक्षकहरूलाई तत्काल निर्वाचनमा खटाइने उनको भनाइ छ । समारोहमा ९ जना महिला र ८३ जना पुरुष गरी ९२ प्रहरी निरीक्षक दीक्षित भएका छन् । 

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  १ : ५६ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न