अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध « Khabarhub

अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राज्य अमेरिकामा फैलिएको शक्तिशाली हिउँको आँधीको कारण २४ सय भन्दा बढी उडानहरू रद्द भएको जनाइएको छ ।

उत्तरी क्यारोलिनाको शार्लोट डगलस अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयले आँधीको कारण शनिबार-आइतबारसम्म १८ सय भन्दा बढी उडानहरू रद्द गर्न बाध्य पारेको बताएको छ । यसै बिच हाल रनवे र सडकमा हिउँ सफा गर्नका लागि ३०० जनाको सफाइ टोली तैनाथ गरिएको जनाइएको छ ।

यसैबीच, हाट्र्सफिल्ड–ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलले आइतवार एटलान्टा जाने लगभग ५० वटा उडानहरू बाहेक ६०० भन्दा बढी उडानहरू रद्द गर्ने घोषणा गरेको थियो ।

अमेरिकी मौसम विभागले उत्तर र दक्षिण क्यारोलिनामा भारी हिमपात र तीव्र हावा सहितको तीव्र तटीय आँधीबेहरीको चेतावनी दिएको छ । 

आँधीसँगैँ आएको  शक्तिशाली ध्रुवीय हावाले दक्षिण फ्लोरिडाका केही भागहरूमा तापक्रम घट्ने र पश्चिम भर्जिनियामा तापक्रम–३३ डिग्री सेल्सियसमा पुग्ने अनुमान विभागले गरेको छ ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ३ : ०७ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली