गोरखा–१ का वाइसीएल इन्चार्ज लामिछाने कांग्रेसमा प्रवेश  « Khabarhub

गोरखा–१ का वाइसीएल इन्चार्ज लामिछाने कांग्रेसमा प्रवेश 


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोरखा क्षेत्र नम्बर १ बाट नेकपा युवा नेता तथा सक्रिय कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शहीद लखन गाउँपालिका वडा नम्बर ९ निवासी कृष्ण लामिछानेले नेकपा पार्टी परित्याग गर्दै कांग्रेसमा आबद्ध भएका हुन् ।

लामिछाने यसअघि वाइसीएल इन्चार्जको जिम्मेवारीमा रहँदै आएका थिए । उनले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवार प्रेम खत्रीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौँमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस गोरखा–काठमाडौँ सम्पर्क समितिका सभापति जनार्दन अर्यालले लामिछानेलाई पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन् ।

पार्टी प्रवेशपछि बोल्दै लामिछानेले कांग्रेसमा पछिल्लो समय देखिएको नेतृत्व परिवर्तन, सङ्गठनात्मक सक्रियता तथा पार्टी सभापति गगनकुमार थापा प्रधानमन्त्रीका उम्मेदवार बनेपछि कांग्रेसप्रति आकर्षण बढेको बताए । 

उनले कांग्रेसले मुलुकलाई स्थायित्व र विकासको दिशामा अघि बढाउन सक्ने विश्वासका साथ पार्टी प्रवेश गरेको उल्लेख गरेका छन् । गगन थापा सभापति भएपछि कांग्रेस प्रवेश गर्नेको लहर देशैभर बढेको छ ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ३ : २५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग