अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने « Khabarhub

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो यहि माघ २५ गतेदेखि चितवनको भरतपुरमा आयोजना हुने भएको छ ।

चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघ र चितवन उद्योग संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि भन्ने नाराका साथ माघ २५ देखि २९ गते सम्म चितवन प्रदर्शनी केन्द्र, भरतपुरमा अन्तराष्ट्रिय डेरी एक्स्पो आयोजना गर्न लागिएको जनाएको हो ।

दुग्ध उत्पादन सहकारी संघ, चितवनका अध्यक्ष किशोर बगालले दुग्धजन्य उत्पादनको व्यवसायीकतामा लागेका किसानहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको जानकारी दिए ।

उत्पादनको हिसाबले आत्मनिर्भर हुँदै गरेको दूधबाट विभिन्न औद्योगिक उत्पादन गर्ने प्रयोजनका लागि किसानहरूलाई मेशिन उपकरणको अवलोकनको अवसर प्रदान गर्न पनि एक्स्पो उपयोगी हुने उनले बताए ।

५ दिनसम्म सञ्चालन हुने एक्स्पोमा नेपाल, भारत लगायतका दुग्ध उद्योगसँग सम्बन्धित प्रविधि उपकरणका साथै दुग्धजन्य उत्पादनहरू पशु औषधि भेटिनरी पशु आहार वित्तीय संस्थाहरू समेतको १ सय भन्दा बढी स्टलहरू रहने आयोजकले जनाएको छ ।

डेरी एक्स्पोको ५० हजारले अवलोकन गर्ने अनुमान आयोजकको छ ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ५ : १५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग