निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन जोड « Khabarhub

निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन जोड


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादर मगरले स्वच्छ, निष्पक्ष र मानव अधिकारमैत्री निर्वाचन बनाउनुपर्ने बताए।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोगले आज यहाँ आयोजना गरेको ‘निर्वाचनमा मानवअधिकार र राजनीतिक दलको भूमिका’ विषयक छलफलमा उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष मगरले भयरहित वातावरणमा निर्वाचन हुने अवस्थाको सुनिश्चितता गर्न आयोगले अनुगमनलाई जोड दिइरहेको बताए। उनले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राजनीतिक दलको भूमिका महत्त्वपूर्ण हुने भन्दै त्यसमा सहयोग गर्न आग्रह गरे।

कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले पनि निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

नेताहरूले निर्वाचनमा मानवअधिकारको अवस्था अनुगमनलाई आयोगले थप प्रभावकारी बनाउनुपर्ने र निर्वाचनका सम्बन्धमा आयोगबाट यसअघि भएका सिफारिस कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । 

आयोगले विगतमा पनि निर्वाचनमा मानवअधिकारको अवस्था अनुगमन गरी नेपाल सरकार, राजनीतिक दल र निर्वाचन आयोगलाई सुझाव तथा सिफारिसहरू गर्दै आएको छ ।
 

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ६ : ३८ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली