आज २०८२ साल फागुन १८ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल फागुन १८ गते सोमबारको राशिफल


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन १८ गते सोमबार फागुन शुक्ल पक्षको चतुदर्शी तिथि। आज पुर्णिमा व्रत, फागु पुर्णिमा। तदनुसार सन् २०२५ मार्च २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ। साथीको सहयोग मिल्नेछ। आम्दानीका स्रोत धेरै भएकाले पहिचान गर्नुपर्ने समय आएको छ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृष : दिन सामान्य छ। सोचेका काम बन्नेछन्। खर्च गर्ने बानीले घाटा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा घाटा हुने भएकाले सचेत भएर अगाडि बढ्नुपर्नेछ।

मिथुन : दिन राम्रो छ। आम्दानी हुनेछ। साथीभाइसँगको भेटले मनमा उत्साह थपिनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। धार्मिक कार्यमा चासो बढ्नेछ। जग्गाको कारोबार र शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

कर्कट : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। सोचेका काम बन्नेछन्। यात्रामा हुनुहुन्छ भने पश्चिम नजानु उचित हुन्छ। बिहानै हिँड्दा पिपललाई दाहिने पारेर अगाडि बढ्नु फाइदाजनक हुनेछ।

सिंह : हरेक काममा अवरोध सिर्जना हुनेछ। सम्पत्तिमा फाइदा भए पनि इज्जतमा दाग लाग्ने सम्भावना छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। अभिभावकको सुझाव अनुसार अगाडि बढ्नुपर्ने दिन छ।

कन्या : परिवारको साथमा दिन रमाइलो बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। मनका सबै रहर पूरा गर्न कठिन हुने देखिन्छ। संकटमा साथीको साथ मिल्नेछ।

तुला : दिन राम्रो छ। आफ्नो रुचि अनुसारको काम गरेमा सफलता मिल्नेछ। शिक्षामा राम्रो नतिजा प्राप्त हुनेछ। परिवारको साथ र सहयोग रहनेछ भने स्वदेशमै लगानीको अवसर जुट्ने देखिन्छ। हल्ला गर्नेहरुसँग संगत नगरेकै राम्रो हुन्छ।

वृश्चिक : शिक्षाबाहेक अन्य क्षेत्रमा हात नलगाउनु राम्रो हुन्छ। खुट्टा तान्ने र कुरा काट्नेहरु सक्रिय छन्। अचानक रोग बढ्ने जोखिम छ। खानपानमा सचेत हुनुपर्ने देखिन्छ।

धनु : धार्मिक क्षेत्रमा मन जानेछ। परोपकार गर्नु राम्रो हुनेछ। लगानी गर्ने भए स्वदेशकै लगानीले फाइदा गर्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन सामान्य छ। हरेक क्षेत्रमा गरेको लगानीबाट घाटा सहनु पर्ने देखिन्छ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीले फाइदा दिनेछ। परिवारले कठिन परिस्थितिमा पनि साथ दिनेछ। आज जोगिएर काम गर्नुपर्ने दिन छ।

कुम्भ : दिन सामान्य छ। आफ्नो बोलीले आफै अफ्ठेरोमा पर्ने हुनसक्छ। आज हरेक क्षेत्रमा विवाद हुनसक्छ। शिवको दर्शन गरेर कामको सुरुवात गर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

मीन : धन खर्च हुने योग छ। प्रियजनसँगको भेटले मनमा उत्साह थपिनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा गरेको लगानीले खुशी दिनेछ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ५ : २५ बजे

नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम

नवलपरासी– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरमा

‘होली’ आपसी प्रेम र एकताको विशिष्ट पर्व : कांग्रेस सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपालका सबै भूगोल,

होलीमा छालाको सुरक्षा कसरी गर्ने ? यस्तो छ चिकित्सकको सुझाव

काठमाडौं – रङको पर्व होली आज हिमाली तथा पहाडी जिल्लासँगै

पर्सामा एक हजार ९० अस्थायी मतदाता

पर्सा– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सामा अस्थायी मतदाताको सङ्ख्या एक

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक

म्याग्दी– म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा ‘तोरनल्ह’