होलीमा छालाको सुरक्षा कसरी गर्ने ? यस्तो छ चिकित्सकको सुझाव « Khabarhub

होलीमा छालाको सुरक्षा कसरी गर्ने ? यस्तो छ चिकित्सकको सुझाव


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रङको पर्व होली आज हिमाली तथा पहाडी जिल्लासँगै काठमाडौं उपत्यकामा पनि धुमधमका साथ मनाइदैछ।

विशेष गरी दुई दिन मनाइने यो पर्व तराई तथा मधेशका जिल्लामा भने भोलि मनाइन्छ। ठाउँ र क्षेत्र अनुसार फरकफरक रुपमा मनाइने होली पछिल्लो समय धुमधामसँग मनाउने प्रचलन बढ्दो छ।

आफन्त एकै ठाउँमा भेला भएर एक अर्कोलाई रङ लगाएर मिठोमिठो खाएर यो पर्व मनाउने गरिन्छ। फागु पूर्णिमाका दिन साना बालबालिकादेखि वृद्धवृद्धासम्म होलीको रङमा रङ्गिने गर्दछन्। होली खेल्दा प्रयोग गरिने रङ रसायनयुक्त हुने हुँदा सचेत रहन चिकित्सकले सुझाव दिएका छन्।

छालारोग विशेषज्ञ डा. उमा केएल होलीमा प्रयोग हुने रङमा विभिन्न किसिमका रसायनको प्रयोग हुने बताउँछिन्। रसायनयुक्त रङले शरीरमा नकारात्मक असर पार्ने उनको भनाइ छ। उनका अनुसार होलीमा प्रयोग हुने रङले शरीरमा तत्कालीन तथा दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने गर्छ। रसायनयुक्त रङले विशेषगरी छाला, कपाल, आँखा, नङ, श्वासप्रश्वास फोक्सो, मिर्गौलालगायतका विभिन्न अंगमा नकारात्मक असर पुर्‍याउने उनी बताउँछिन्।

रङ कस्तो छान्ने ?
परम्परागत रुपमा खेलिने होलीमा रङ पनि प्राकृतिक हुन्थ्यो। प्राय रङहरु फुलको बेटल्सबाट बनाइन्थ्यो। तर अहिले बजारमा सेनिथ्याटिक कलर बिक्री भइरहेको हुन्छ। जसमा विभिन्न किसिमका केमिकलको प्रयोग हुने गरेको पाइएको डा. उमा बताउँछिन।

त्यसमाथि होलीको समयमा बिक्री हुने कलर बाटोको छेउमा राखिएको हुन्छ। प्लाष्टिकमा राखिएको कलरमा के मिसाइएको हुन्छ भन्ने कुराको ज्ञान हामीलाई हुँदैन। त्यसैले सकेसम्म बाटोमा बेच्न राखिएको कलर नकिन्ने, कलरको प्याकेटको बाहिर त्यसमा के के कुराहरु मिसाइएको छ भन्ने कुराको पनि ख्याल गर्नु जरुरी रहेको उनले बताइन्।

हरेक वर्ष होलीको भोलिपल्ट नै छालामा समस्या लिएर धेरै बिरामी आउने गरेका र धेरैजसो बिरामीमा कलरको एलर्जीको समस्या देखिने गरेको उनको भनाइ छ। त्यस्तै साना बालबालिकामा छाला एकदमै सुख्खा हुने समस्या हुने गरेको पाइन्छ भने वृद्धवृद्धामा दम तथा एक्जीमाको समस्या पनि आउने गरेको उले बताइन्।

गलत रङको प्रयोगले छाला फुस्रो हुने, सुख्खापन हुने, रातो धब्बा आउने र अनुहारमा डण्डीफोर आउने सम्भवान रहन्छ। घाममा खेल्दा अनुहारमा पोतोलाई पनि बढाउन सक्छ’, डा. उमा भन्छिन्।

खेल्नु अघि र पछि के के कुरामा ध्यान दिने ?
होलीमा खेलिने रङले विशेष गरी बाहिरी अंगलाई असर गर्ने भएकाले होली खेल्नु अघि लोसन र क्रिम राम्रोसँग लगाउन डा. उमाको सुझाव छ। किनकी होली खेल्दा दिउँसोको टण्टलापुर घाममा बाहिर खेलिने भएकाले रङ तथा घामबाट जोगिनका लागि सन्सक्रिम लगाउन एकदमै जरुरी हुने उनको भनाइ छ।

त्यस्तै होली खेल्न प्रयोग हुने रङमा मिसाइएको केमिकल र घामको विकिरण मिलेर छालालाई एकदमै सुख्खा बनाउने, एलर्जी आउने हुनसक्छ। त्यस्तै पूरा बाउला भएको लुगा लगाउन र आँखा जोगाउन चस्माको प्रयोग गर्न सकिन्छ। जसले गर्दा रङ सिधै आँखामा जानबाट जोगाउँछ भने घामबाट जोगाउन पनि सहयोग पुग्ने डा. उमाको भनाइ छ।

होली खेल्दा नङको साइडको छालाबाट रङ छिरेर इन्फेक्सन हुने सम्भावना धेरै हुन्छ। त्यसैले होली खेलीसकेपछि साबुनपानीले हात धोएर क्रिम लगायो भने हानी गर्न पाउँदैन। अन्य अंगको हकमा पनि त्यही हो। होली खेलीसकेपछि लामो समयसम्म नराखी जतिसक्दो चाँडो साबुनपानीले धुनुपर्ने उनको भनाइ छ।

रङ खेलिसकेपछि एकै पटक गाढा रङ घोटेर फाल्नु पनि छालाका लागि खरता हुने उनको भनाइ छ। ‘सामान्यतया कलरमा भएको केमिकल्स एकपटक धुँदा गइसकेको हुन्छ। त्यसपछि दाग मात्रै रहने भएकाले दाग बिस्तारै जाँदै गर्छ। त्यसलाई धेरै घोट्न घातक हुनेछ।’

कसरी रङसँग सुरक्षित रहने ?
होली हाम्रो परम्परादेखि खेलिँदै आएको मौलिक पर्व हो। तर रङ खेल्दा संवेदनशील अंग आँखा, नाक, मुख, कानमा पर्ने गरी अरुलाई कलर लगाउनु हुँदैन। गालातिर, निधारतिर लगाएर सुरक्षित भएर खेल्नु राम्रो हुन्छ।

टाढाबाट सुख्खा कलर फालेर खेल्ने पनि कतिपयको बानी हुन्छ। त्यसले गर्दा पनि स्वासप्रस्वासको माध्यमबाट कलर भित्री अंगमा प्रवेश गरेर दम भएका व्यक्तिलाई असर गर्नुका साथै स्वास्थ मानिसहरुलाई पनि खोकी लाग्ने, एलर्जी गराउने समस्या हुनसक्छ। यस्ता कुरामा सचेत हुनुपर्छ।

होली खेल्नु अगाडि छातामा क्रिम लगाए जस्तै कपालमा पनि तेल लगाउनु जरुरी हुन्छ। जसले रङका कारण कपाललाई सुख्खा हुन दिँदैन।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ८ : ४२ बजे

लेबनानमा इजरायली आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु

बेरुत- इरानपछि इजरायलले लेबनानमा पनि बमबारी थालेको छ। समाचारअनुसार लेबनानमा

इरानको अडान : ‘अमेरिका फर्स्ट’को नारा ‘इजरायल फर्स्ट’ भइसक्यो, अब वार्ता हुँदैन

वासिङ्टन- इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीलेले अमेरिकासँग कुनै

सल्यानमा रास्वपाको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीबाट मदिरा र चामल नियन्त्रणमा 

सल्यान– सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसारमा संलग्न

सूर्यमा चित्त नबुझे तारामा भोट हाल्न एमाले नेताको आह्वान

काठमाडौं– नेकपा (एमाले)का नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर

म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

म्याग्दी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको म्याग्दीमा