म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा « Khabarhub

म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको म्याग्दीमा तयारी अन्तिम चरणमा पुगेको छ । 

जिल्ला सदरमुकाम बेनीबाट मतपत्र, मतपेटिका, सुरक्षणसिल, स्वस्तिक छापलगायतका निर्वाचन सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मीहरू मतदान स्थलतर्फ लागेका छन् ।

आज साँझसम्म म्याग्दीका ८२ वटै मतदान स्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसक्ने जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले जानकारी दिए ।  

निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट र अन्य ५१ प्रकारका सामाग्री जिल्ला निर्वाचन कार्यालयबाट मतदान अधिकृतलाई बुझाइएको छ । 

मतदानस्थल टाढा रहेका धबलागिरी गाउँपालिका, मालिका गाउँपालिका, रघुगङ्गा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका अन्तर्गतका मतदानस्थलमा खटिएका कर्मचारीहरूलाई आइतबार नै निर्वाचन सामग्री बुझाइएको थियो । मङ्गला गाउँपालिका र बेनी नगरपालिकाका मतदानस्थलहरूमा खटिएका कर्मचारीहरूलाई सोमबार निर्वाचन सामग्री बुझाइएको छ । 

कर्मचारीहरू सोमबार नै मतदानस्थलमा पुगेर सूचना टाँस गर्ने, मतदानस्थल वरपर राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचारप्रसारका सामग्रीहरू हटाउन लगाउने, निर्वाचन आचारसंहिताको अनुगमन गर्नेलगायत निर्वाचनसम्बन्धी कामहरूको तयारी सुरु गर्ने तयारी गरिएको छ । 

म्याग्दीमा निर्वाचन सम्पन्न गर्न एक सय २२ मतदान अधिकृत, एक सय २२ सहायक मतदान अधिकृतसहित एक हजार ७४ जना निर्वाचन कर्मचारी खटिएका छन् । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एक स्वतन्त्र सहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । 

जिल्लामा कुल ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना अन्य मतदाता रहेका छन् । जिल्लामा मतदानका लागि ८२ वटा मतदानस्थलमा १ सय २० वटा मतदान केन्द्र कायम गरिएको छ भने कारागार र कर्मचारीहरूको समानुपातिक मतदानका लागि एक अस्थायी मतदान केन्द्र तोकिएको छ ।

प्रतिनिधीसभा सदस्य निर्वाचनमा एक वटा निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उमेद्वार डा. महाविर पुन मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । उमेद्वारहरूले ग्रामिण क्षेत्रको घरदैलो सकेर जिल्ला सदरमुकाम बेनी लगायत बजार क्षेत्रमा केन्द्रित भएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ११ : २५ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक